ख्वपको पत्रकारिताका विद्यार्थी थाहा खवरमा


बैशाख ९, २०७९, शुक्रबार | दिउँसो १२:२९ बजे | 40


ख्वपको पत्रकारिताका विद्यार्थी थाहा खवरमा

भक्तपुर । ख्वप मावि देकोचा भक्तपुरमा पत्रकारिता विषय अध्ययन गरिरहेका विद्यार्थीले शुक्रबार काठमाडौंस्थित थाहा सञ्चारमा पुगेर अध्ययन भ्रमण गरेका छन् । कक्षा १२ मा पत्रकारिता अध्ययनतर छात्रछात्राहरुले बबरमहलस्थित थाहा सञ्चारमा पुगेर थाहा खवर अनलाइन र रेडियो थाहा सञ्चारमा पुगेर अध्ययन भ्रमण गरेका हुन् ।
उनीहरुलाई त्यहाँं कार्यरत पत्रकार, रेडियोकर्मीले अनलाइन र रेडियोका अवलोकन भ्रमण गराउनुका साथै पत्रकारिताबारे आआफनो धारणा सुनाएका थिए । पत्रकारिताका विद्यार्थीलाई कितावमा मात्रै सिमित नराखी प्रयोगात्मक ज्ञान दिन भ्रमण कार्यक्रम गराइको जनाइएको छ ।
कलेजमा पत्रकारिता अध्ययनरत विद्यार्थीलाई राष्ट्रिय समाचार समिति, नेपाल टेभिभिजन, गोरखापत्र दैनिक, सगरमाथा टेलिभिजनलगायतका राष्ट्रिय मिडिया तथा मिडियासँंग सम्वन्धित प्रेस काउन्सिल, सूचना तथा प्रसारण विभाग, नेपाल पत्रकार महासंघलगायतमा नियमित अध्ययन भ्रमण गराउँदै आएको छ ।  

Comments