भोलि भक्तपुर नगर प्रमुखबाट नगरबासीको नाममा सम्वोधन,राजीनामा आउने आकलन
बैशाख ८, २०७९, बिहीबार | दिउँसो ०३:१७ बजे | 25
भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भोलि शुक्रबार दिउँंसो साढे दई बजे नगरपालिकाको कार्यक्रमस्थलमा नगरबासीको नाममा सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । भक्तपुरको राजनीतिमा यसलाई अर्थपूर्ण रुपमा लिइएको छ ।
स्थानीय निकायको निर्वाचनको अगाडि सम्वोधन गर्ने कार्यक्रम तय भएकोले यसलाई अर्थपूर्ण रुपमा लिइएको हो । आगामी निर्वाचनमा पनि प्रमुख प्रजापितले नै नगर प्रमुख पदमा उम्मेदबारी दिने आकलन गरिएको छ । यसैका लागि आफनो पाँंचवर्षे अवधिको उपलव्धी सुनाउने र राजीनामा दिने आकलन गरिएको छ । आगमी निर्वाचनमा उठनका लागि पदबाट राजीनाम दिनुपर्ने वन्दोवस्त छ ।
निर्वाचन नजिकिँदै गर्दा नेपाल मजदुर किसान पार्टीकोतर्फबाट कसले मेयरको टिकट पाउँछ ? भन्ने खुलस्त जानकारी नआएको बेला उनको सम्बोधनलाई विशेष रुपमा हेरिएको हो ।
भक्तपुर नगरको नगर प्रमुखमा उनैले दोहोर्याउने सम्भावना ज्यादा रहेको नगरबासीको आंकलन समेत रहेको छ । यद्यपि मनोनयन दर्तापछि मात्र सो विषयबारे टुंगो लाग्नेछ ।
अहिले पार्टीमा कसलाई मेयर, कसलाई उपमेयर र कसलाई वडा अध्यक्ष र वडा सदस्य दिने भन्ने टोलटोलमा छलफल चलिरहेको छ ।