प्रबुद्ध गरिव वर्ग राजनीतिमा


बैशाख ८, २०७९, बिहीबार | विहान ०७:१९ बजे | 25


प्रबुद्ध गरिव वर्ग राजनीतिमा

कुमार लघु
नेपाल विचारले दरिद्र देश भनेर चिनिन्छ । नेपाल सोझो मेहनती जनताको देश हो । नेपालमा गरिवहरूको बाहुल्यता भएको देश हो । नेपालमा गरिवहरू विचारले दरिद्र होइन् । गरिवले राजनीतिमा पहुच पुगेन । उहाँहरूलाई कुनै राजनीति पार्टीले राजनीतिमा उठ्न दिएन् । गरिव प्रबुध्द वर्गले राजनीतिमा भाग लिनुपर्ने हो । गरिवहरूलाई राजनीति पार्टीमा थिचोमिचो गरेका छन् । कम राजनैतिक पार्टीले मात्र थोरै से थोरै व्यक्तित्वहरूलाई  प्राथमिकतामा राखेका छन् ।
जुनसुकै पार्टीले आआफ्ना पार्टीको सिदान्त र दर्शनलाई धोषणा पत्र र पार्टीको विधानमा लेखाई र भाषणमा क्रमश लेख्छन् र वोल्छन् । व्यवहारमा अर्कै बोलेर बहुमत चलाखहरूले पार्टीमा आआफ्नो समर्थक र समूह र गुट तयार पारेर नेतृत्व गर्दै अघि बढेकाछन् । गरिवहरूको जीवन उजाद भएर जीवन वितिरहेकाछन् । नेताहरू जहिले गरिवको झूपडिमा विजूली पानी खाध्यान र वाटोको कुरा गरि मख्पारी भाषण छाड्छन् । त्यही सपना बाँडेर मत  वा भोट खसाल्न लगाउन दमदार बोलि देखाएर मन लोभ्याउन सफल हुन्छन् । चुनाव जितेपछि त्यो सासद फर्केर आउन्दैन् । हामीले ठूला नेताको भाषण र आकर्षणले मत वा भोट दिने होईन मेरा दौतरी दाइ काका दिदी बहिनीहरू जसले कुराले भन्दा कामले खटेर जनताको सामाजिक जिवनमासाथ दिएकाछन् त्यस्ता राजनैतिक कार्यकर्तालाई मत राखेर जिताउने हो ।
 प्रबुध्दगरिवहरूले राजनीतिमा साथ र पेशाको रूपमा लाग्नुपर्छ । तब शोषक वर्ग मजदुर किसान देखेर थुर्रथुर्र कामछ ।  गरिव ,गरिवको प्रबुध्द वर्गले राजनीतिमा तन मन दिलैदेखि राखेर तल्लो पिडित पिछडिएको वर्गलाई उथान गर्न आजैदेखि नलागेको समूह तल्लोजातले राजनीतिमामा लाग्नु पर्छ । राजनीतिमा गरिवले गरिववर्गको उथानको निम्ति वर्गको सेवा गर्न राजनीति गर्ने हो । गरिवले गरिवको उथानको निम्ति काम र राजनीतिमा नलागेसम्म हम्रो परिवर्तन आउनेछैन् । सानो उदाहरण मात्र साहु हुने खाने र शोषकहरूले त आआफ्नो वर्ग र घर वरपर मात्र बडाँरकुडाँर गर्छ  भने झै ऊनीहरूको घर आँगन मात्र सफा र अधिकार सुख सुविधाको मात्र संसदमा वा स्थानीय निकायमा वा पार्टीमा मात्र वोल्छ र समग्रमा परिवर्तन र सरसफा हुन्छ । त्यसैले हाम्रो वरपर, वर्गको हित र घर आँगनमा र अधिकारको सुरक्षित गर्नलाई हामी आफ्नै जिवन समर्पण गर्नको निम्ति तयार भई लाग्नुपर्छ ।
 राजनीतिमा लाग्नु भनेको पैशा कमाउनको निम्ति होईन जनताको सेवाको निम्ति लाग्नु पर्ने हो । जनताको दुखमा साथ दिएर दुःखवाट मुक्त गर्नलाई लाग्नुपर्छ ।
 वर्तमानमा युवायुवतीहरूले वर्गको मुक्तिका लागि गरिवहरू लागेकाछन् । राजनीति देश जनताको सेवाको लागि राजनीति गरेको उदाहरण नेपालमा छ ।
 राजनीतिमा लाग्छन भनेर जाने बुझेका व्यक्तित्वहरूले गरिवले राजनीति गर्नहुन्न भनी गरिव पढ्ने विध्यालय र विश्र्व विध्यालयमा नेता अधकल्चो नेताको रूपमा मन्त्री र माथिलो तल्लाका अलारेहरूले उल्काउन्छन् ।
              धनिको ऐस आराममा धावा बोलेर निन्द्रा खल्बलाउन्छन भनेर चलाकि राजनीति गरेका हुन। विश्र्वमा जति पनि देशका कम्यूनिष्ट भएर राजनीति गरेकाछन् बहुमत जनताको छोरछोरीहरू तल्लो वर्गका हुन् । शोषक वर्गले जति वेला भएनि गरिव र गरिव प्रबुध्द वर्गले राजनीतिमा समाहित होलान भनेर फोहरी राजनीति खेलको चक्करमा लागेको पाउँनेछौ ।  गरिवले राजनीतिमा लागेर आफ्नो जीवन सुखले आनन्दीको सुखानूभुति गरेको विश्र्वमा थुप्रै छ । गरिवहरू राजनीति गरेर पद र पैसा अल्मलिन हुन्दैन्  । राजनीतिमा लागेकोले सयौ वर्षको कल्पना गरेर विचार गरेर समाजको निम्ति लागेको हुन्छ । गरिवहरू अनुशासित र धैर्यवाण वन्नुपर्छ । सिदान्त र पार्टीको विधान अनुसार अध्ययन र पार्टीले खटाएको ठाउँमा लल खटेर काम गर्नुपर्छ । आफूले जनता,देश र पार्टीको निम्ति जीवन अर्पण गर्ने अठोट गर्नुपर्छ ।  यो संसार गरिवले सृजित संसार हो ।
अन्तमा एकदिन एक गरिव प्रबुध्द वर्गको विजय हुने निश्चित छ  घरमराउन पर्दै लागेको लागेकै गर्नुपर्छ । बहुमत जनताको निम्ति लाग्दा जिवनमा आनन्द मिल्छ । गरिवहरूले परिश्रम पनि गर्न छोड्नु हुन्दैन् । जो परिश्रमि जनता हो ऊनीहरूको जिवनमा आँधिवेरी आए पनि थकित हुने छैन् । आँधिसित जुडेर जिवनलाई र गरिव वर्गलाई नेतृत्वले सम्हालेर लग्न सक्षम हुन्दै अगाडि वढने समय हुनेछ ।
 यो ससार गरिवले एकदिन जिति संसारका जनताको विजय हुने निश्चित छ । जनताको जय होस् ।
२०७९÷१÷८ गते

Comments