एमालेले भक्तपुरमा एउटा वडा अध्यक्ष जित्ला जस्तो छ, त्यो पनि जित्न दिन्नौं ः नेकपा एस
बैशाख ७, २०७९, बुधबार | दिउँसो ०१:१९ बजे | 40
भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) भक्तपुरले आगामी बैशाख ३० गते हुने स्थानीय निकायको निर्वाचनमा नेकपा (एमाले) ले भक्तपुरको एउटा वडामा वडा अध्यक्ष जित्ला कि जस्तो देखिएको तर त्यो पनि जित्न नदिन आफूहरुले एक्ससाइज गरेको बताएको छ ।
पार्टीका उम्मेदबारी घोषणा गर्न बुधबार यहाँं गरेको पत्रकार सम्मेलनमा जिल्लास्तरीय नेताहरुले एमालेको भोट काटेर उनीहरु सवैलाई हराउने योजना बनाएको सुनाए । ‘हामी जित्ने भन्दा पनि एमालेलाई हराउने हाम्रो मुख्य योजना हो, जिल्ला पार्टी अध्यक्ष श्याम वस्नेतले भने, ‘एमालेलाई एउटा वडामा एकजना वडा सदस्य पनि नजितिउन् भनेर हामीले मिहिन रुपले योजना बनाएका छौ ।’
जिल्लामा चार वटा नगरपालिकाहरु छन् । पछिल्लो स्थानीय तहको निर्वाचनमा चाँगुनारायण नगरपालिकामा नेकपा एमालेका मेयर सोमपसाद मिश्रले ८ हजार ५ सय १२, उममेयर बिना बास्तोलाले ८ हजार ७ सय ७९, भक्तपुर नगरपालिकामा नेकपा एमालेका मेयर विष्णुप्रसाद सुवालले ४ हजार २ सय १८, उपमेयर कृष्णमाया त्वानाबासुले ४ हजार ६ सय ३१, सूर्यविनायक नगरपालिकामा नेकपा एमालेका मेयर बासुदेव थापाले १२ हजार एक सय ३५, उपमेयर जुना बस्नेतले १२ हजार आठ सय ३२ र मध्यपुर थिमिमा नेकपा एमालेका मेयर मदनसुन्दर श्रेष्ठले १४ हजार मत पाएको थियो । मध्यपुरमा एमालेले त्यो बेला नेपाल मजदुर किसान पार्टीसँंग मिलेर चुनाव लडेका कारण उपमेयरमा नेपाल मजदुर किसान पार्टीको भागमा परेको थियो ।
एमालेबाट नै फुटेर बनेको नेकपा एसले अहिले एमालेको भोट काटेर हराउने योनजा बनाएको हो । भक्तपुरका चार वटै नगरपालिकामा आफूहरुले एमालेको भोट काटने सम्मेलनमा बताइयो ।
पार्टीका उम्मेदबारहरुले जिल्लाको सूर्यविनायक नगरपालिकामा ४० प्रतिशत, भक्तपुर नगरपालिकामा ५५ प्रतिशत, चाुँंगुनारायण नगरपालिकामा २८ प्रतिशत र मध्यपुर थिमि नगरपालिकामा ३७ प्रतिशत भोट एमालेको काटने दावी गरेको छ । वडास्तरमै पुगेर तथ्याक विश्लेषण गरी आफूहरुले यो हिसाव निकालेको सम्मेलनमा बताइयो ।
सम्मेलनमा एमालेलाई हराउन पार्टीले जिल्लामा सतारुढ पाँंचदलीय गठबन्धनसँंग जुनै पनि हिसावले गठबन्धन गर्न चाहेको बताइयो ।
भक्तपुरका चार वटा नगरपालिकाहरुमा ३८ वटा वडाहरु छन् । लगभग एउटा वडा फुत्ेकला कि भन्ने भएको थियो, त्यो ठाउँमा नि एक्सरसाइज गरिरहेका छौ एमालेर्लाइ हराउन, सम्मेलनमा सहभागी नेताहरुले भने, ‘कुनै ठाउँमा एमाले पार्टीका उम्मेदवार जित्ने छैन, हामी यो घोषणा गर्दछौ ।’
सम्मेलनमा जिल्लामा पहिलो शक्तिका रुपमा काँग्रस आउने, दोस्रो शक्तिमा नचाहेर पनि रुपमा एमाले नै हुने र तेस्रो शक्तिका रुपमा नेकपा एस रहने दावी गरियो । एमाले कुल मत मिलाएर दोश्रो शक्तिमा आए पनि वडा र नगरपालिकाहरुमा एक दुई हजार भोट काटेपछि नै एमालेले हार्ने उनीहरुको भनाई थियो । एउटा कम्युनिष्ट पार्टीले अर्काे कम्युनिष्ट पार्टीलाई लक्षित गरी हराउने रणनीति बनाउँंदा कम्युनिष्ट आन्दोलन कमजोर भई अन्तत गैर कम्युनिष्टलाई फाइदा हुने देखियो नि भन्ने पत्रकारहरुको जिज्ञासामा उनले भने, ‘एमाले कम्युनिष्ट पार्टी नै होइन ।’