आज नेकपा एसले पत्रकार सम्मेलन गरी उम्मेदारी घोषणा गर्ने
बैशाख ७, २०७९, बुधबार | विहान ०७:०९ बजे | 30
भक्तपुर । जिल्लामै पहिलो पटक नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आफनो उम्मेदबार घोषणा गर्ने भएको छ । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सतारुढ गठबन्धनको नेकपा एसले बुधबार तीनबजे पत्रकार सम्मेलन गरी उम्मेदबार घोषणा गर्ने भएको हो ।
जिल्लामा नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), स्थानीयस्तरमा प्रभुत्व जमाउँदै आएको नेपाल मजदुर किसान पार्टीलगायत कुनै पनि दलले उम्मेदबार घोषणा गर्न सकेको छैन । नेपाली कांग्रेस, नेकपा एमाललेलगायतका दलहरुले उम्मेदार हुन चाहनेहरुका सूचि संकलन गरी केन्द्रमा पठाइदिएको छ । यसकारण अरु द्यलहरुले उम्मेदबारको आकांक्षी मात्रै सार्वजनिक भएका छन् । नेपाल मजदुर किसान पार्टीले भने अरु दलहरुको उम्मेदबार तोकिएर सार्वजनिक भएपछि मात्रै त्यही अनुसार अन्तिममा मात्रै आफनो उम्मेदबार घोषणा गर्ने गर्दै आएको छ ।
जिल्लामा चार वटा नगरपालिकाहरु छन् । पछिल्लो स्थानीय तहको निर्वाचनमा चाँगुनारायण नगरपालिकामा नेकपा एमालेका मेयर सोमपसाद मिश्रले ८ हजार ५ सय १२, उममेयर बिना बास्तोलाले ८ हजार ७ सय ७९, भक्तपुर नगरपालिकामा नेकपा एमालेका मेयर विष्णुप्रसाद सुवालले ४ हजार २ सय १८, उपमेयर कृष्णमाया त्वानाबासुले ४ हजार ६ सय ३१, सूर्यविनायक नगरपालिकामा नेकपा एमालेका मेयर बासुदेव थापाले १२ हजार एक सय ३५, उपमेयर जुना बस्नेतले १२ हजार आठ सय ३२ र मध्यपुर थिमिमा नेकपा एमालेका मेयर मदनसुन्दर श्रेष्ठले १४ हजार मत पाएको थियो । मध्यपुरमा एमालेले त्यो बेला नेपाल मजदुर किसान पार्टीसँंग मिलेर चुनाव लडेका कारण उपमेयरमा नेपाल मजदुर किसान पार्टीको भागमा परेको थियो । एमालेबाट नै फुटेर नेकपा एस बनेकाले अहिले त्यही एमालेको भोट काटने अनुमान गरिएको छ । एमालेको भोट काटेर एमाले हराउने अभियानमा नेकपा एस लागेको बताइन्छ ।