आँउदो स्थानीय उमेदवारबाट जनताका आकांक्षा के ?


बैशाख ७, २०७९, बुधबार | विहान ०५:५३ बजे | 55


आँउदो स्थानीय उमेदवारबाट जनताका आकांक्षा के ?

यज्ञबहादुर कार्की  
आँउदो बैशाख ३० गते हुने स्थानीय निकायका चुनावले चयन गरेका जन प्रतिनिधीहरुले जनताका जीवनस्तर माथि उठाउने बिषयमा अघि बढने हुन् या दलिय सयन्त्रमै अल्झिएर अन्य कृयामा प्रतिस्पर्धा गर्ने हुन समयले बताउने छ । यहाँ गहन बिषय त यो छ कि त्यहाँ पार्टीले छनौट गरी पठाउने उमेदवारहरु हाम्रा मानिस हुन कि, राम्रा उमेदवार हुन, त्यो चाहि मतदाताले बिचार पुयाउने कुरा हो । जनताको स्वर्णिम भविष्य त्यसैमा निर्भर हुनेछ । यसर्थ यहाँ सचेतता यो पनि जनतामा दिलाउनु जरुरी भैसकेको छ कि बाटो बन्नु बनाउनु मात्र ठुलो कुरा होइन, त्यसको दिघोपन पनि हुनु जरुरी छ । पारदर्शि हुनु पनि जरुरी छ । त्यसबाट जनतालाई नोक्सान पुग्यो की फाईदा त्यो पनि कुरा छ । या अनाबश्यक ठाउँमा अनावश्यक रुपले बाटो वनाएर जनताका अचल सम्पतिलाइ अतिक्रमण गरी भुमाफियाका व्यवसायमा उथ्थान गरेका हुन बिचारणिय छ । र प्रमाणित तर्कहरु पत्रकारले पनि पुष्ठाई दिनु पेशागत धर्म र कर्तव्य हो । बिगतमा त्यस्तो  भए गरिएको देखिएन, पाईएन सवाल म माथी पनि उठाउन सकिन्छ । तत बिषयमा राष्टिय दैनिकी पत्रपत्रिकाहरुमा मैले धेरै बिषय प्रवेश गरि प्रकाशन गराएको हुँ । र  बनेका करिडोर लगत कट्टा गर्न नसकेको र बाटोमा गईसकेको जग्गाको पनि जग्गा धनिले मालपोत कर बुझाई रहनु परेको र स्थानिय सरकारले जग्गाको क्षेतिपुर्ति नदिए को नपाएको बिषय उठान गरि दिएका थिए । अझै कति बनिसकेका बाटो र कतिपय पल्ट रजिष्टरर्डमा बाटो जनिइसकेका र नक्सामासमेत बाटो देखिई सकेर सरकारी बाटोमा जोडिई सकेका बाटोहरुमा पनि केहि व्यक्ति बिषेषकै नाँउमा जग्गा भनि मोठ श्रेस्तामा रहेकाले त्यस्था बिषयमा भोली पनि कचिगल र झमेला उठन जाने बिषयहरु छन । के यस बिषयमा स्थानिय सरकार चलाउछु भन्ने बुद्दी ,बिबेक प्रकृया मा आगामी स्थानिय सरकार कोध्यान पुग्न सक्छ ? के बनिसकेका बाटा धाटा नेपाल सरकारमा जान सक्छ या अलपत्र नै रहिरहन्छ ? के सुकेका पानीका मुहानहरु र जनताले धेरै अगाडी देखि खादै आएका पानी मुहान सुक्ने गरि नजिकै डिप बो रिङ्ग नगरि पानीका  उपबोक्ता समितिलाई व्यवस्था गर्ने छ या बैकल्पिक ब्यवस्थाहरु मिलाईने छ ?                                   के जनताका स्वास्थका समस्याहरुलाई राम्रो र व्यवस्थित तरिकावाट समस्यापूर्तिहरु हुने गरि गरिने छन ? के जनताले उव्जनि गरेका कृषि उत्पादन ,का खाध्य वस्तुहरु र दुग्ध वा दुग्ध पदार्थहरुबाट वनेका आदिको उचित राम्रो बजार बवस्था स्थानिय सरकारले मिलाउन सक्ने छ ?  के सरकारले भुकम्प पिडिहरुले  पाएका कुनै पनि सरकारी सुबिधाहरु बाट कहि पनि वंचित गरिने  छैन भनि ग्यारेन्टी पिडित जनता समक्ष गर्ने छ ? के स्थानिय सरकारले अब सरकारी स्कुलहरुको पठन पाठनलाई स्तरिय  वनाई शिक्षाको लगानीमा खेर जान नदिई प्रोत्साहन  दिनेछ ?  के स्थानिय निकाय र जिल्ला सरकारी कार्यालयमा भै रहेका भष्टाचारका मात्रालाई न्युनिकरण गर्दै लान सक्ने छ ?  के सामाजीक न्यायलाई कायम राख्ने काममा जिम्वेवार पुर्वक  लागी पर्ने छ ? यस्तै अनेकन बिषयकामा अबका स्थानिय सरकारले पहिलो प्राथमिकतामा राखेर काम गर्ने घोषणा पत्र राम्रो र जनताका रुचिकर उमेदवारको चरित्र को चयन गरि उठाउने गरेमा जनता को राजनिति प्रति को बितृष्णा कम भै जाने र जनताले पनि हेर्नु पर्ने दाईत्व हुनेछ अन्यथा आफुले चुनेको उमेदवारले बोलीए यो सुनिदिएन यो गरिदिएन भन्नुको कुनै तुक रहने छैन ।सचेत रहनु भै अमुल्य मतदान गरि चुनावमा भाग लिनु होला ।

Comments