यी हुन् भक्तपुर नगरपालिकामा नेकपा एसका मेयरका उम्मेदबार
बैशाख ६, २०७९, मङ्गलबार | दिउँसो ०३:२२ बजे | 55
भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) मा भक्तपुर नगरपालिकाको मेयरका लागि एकजनाको मात्रै नाम सिफारिस भएको छ । साथै उपमेयरमा पनि एकैजनाको मात्रै नाम सिफारिसमा परेको छ । साथै चाँंगुनारायण नगरपालिकामा पनि उक्त पार्टीबाट एकजनाको नाम सिफारिस भएको छ । मध्यपुर थिमि र सूर्यविनायकमा भने धेरैजनाको नाम सिफारिस भएको छ ।
उक्त पार्टीबाट भक्तपुर नगरपालिकाको मेयरमा ओमचरण आमात्य सिफासिर भएका छन् । सता गठबन्धन दलहरुबीच सहमति नभए भक्तपुर नगरपालिकाको उम्मेदरमा उक्त पार्टीबाट ओमचरण नै उम्मेदबार हुने पक्कापक्की छ । यता उपमेयरमा भने रीता अवाल सिफारिसमा परेका छन् । उपमेयरमा पनि उनी एक्लै मात्रै सिफारिसमा परेकी हुन् ।
पछिल्लो स्थानीय निकायको निर्वाचनमा नेकपा एमालेबाट भक्तपुर नगरपालिकामा मेयर पदमा उम्मेदबार बनेका विष्णुप्रसाद सुवालले चार हजार दुई सय १८ र उपमेयर पदमा कृष्णमाया त्वानाबासुले चार हजार ६ सय ३१ मत पाएका थिए । यसहिसावले अहिले एमालेबाट छुटिएको पार्टीले सोही मतमा भागबन्डा लगाउनुपर्ने हुन्छ । नेकपा एसले एमालेको मतमा २० देखि ३० प्रतिशतसम्म भोट आफूहरुले पाउने दावी गरेको छ ।