काभ्रे युवा संघको संयोजकमा सागर
बैशाख ६, २०७९, मङ्गलबार | विहान ०४:३५ बजे | 50
काभ्रेपलान्चोक युवा संघको जिल्ला संयोजकमा सागर रायमाझी चयन भएका छन् ।
राष्ट्रिय युवा संघ काभ्रेपलान्चोकको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलाले युवा नेता रायमाझीलाई जिल्ला संयोजक चयन गरेको हो ।
नेकपा एमाले पार्टी जिल्ला कमिटी अध्यक्ष अशोक ब्यान्जुको प्रमुख आतिथ्यता र पार्टी केन्द्रीय कमिटी सदस्य रेशम लामा एवम् राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय कमिटी उपाध्यक्ष अमित लामाको विशेष आतिथ्यतामा सोमबार सम्पन्न भेलाबाट रायमाझी सर्वसम्मत रुपमा काभ्रेपलान्चोक जिल्ला संयोजकमा चयन भएका हुन् ।