भक्तपुर विद्युतीय सामग्री व्यवसायीद्धारा शुभकामना आदान प्रदान तथा क्यालेण्डर विमोचन
बैशाख ५, २०७९, सोमबार | विहान ०८:११ बजे | 50
भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघले नव वर्ष २०७९ साल तथा विस्का जात्राको अवसरमा मिति २०७९ वैशाख ५ गते शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना ग¥यो । संघका अध्यक्ष श्री गंगा राम मानन्धरको सभापतित्वमा भएको उक्त कार्यक्रमका अवसरमा संघले प्रकाशन गरेको विक्रम संवत २०७९ सालको टेबुल क्यालेण्डर समेत विमोचन गरिएको थियो ।
सो अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्नु हुंदै अध्यक्ष श्री गंगा राम मानन्धरले भक्तपुर जिल्लाका विद्युतीय सामग्री व्यवसायीहरुको हक हित र प्रवद्र्धनका लागि संघ निरन्तर क्रियाशिल रहेको बताउनु भयो ।
संघबट प्रकाशित नव वर्ष २०७९ सालको क्यालेण्डर संयुक्त रुपमा विमोचन गर्नुहु“दै संघका संस्थापक अध्यक्ष श्री न्हुछे रत्न मानन्धर, पूर्व अध्यक्ष एवं सल्लाहकारहरु श्री रोशन भोयद्यो, पुण्यराम खाताखो, माधव प्रसाद प्रजापति, सल्लाहकार श्री शिव प्रसाद मानन्धर, सल्लाहकार श्री दिनेश बहादुर धौबन्जार र भक्तपुर मोबाइल व्यवसायी संघका अध्यक्ष श्री श्याम सुन्दर नगरकोटीले संघको निरन्तर प्रगतिका लागि शुभकामना समेत व्यक्ति गर्नु भयो ।
उक्त क्यालेण्डर प्रकाशन तथा विमोचन कार्यक्रमको संयोजन संघका सचिव श्री अल्बर्ट बज्राचार्यले गर्नु भएको थियो ।