दत्तात्रयमा एक सय ५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन


बैशाख ५, २०७९, सोमबार | विहान ०७:४३ बजे | 80


दत्तात्रयमा  एक सय ५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन

भक्तपुर, ५ चैत । नेपाल मजदुर किसान पार्टी भनपा ९ दत्तात्रय समितिको आयोजनामा निर्वाचन परिलान समिति गठन गर्न बृहत कार्यकर्ता र स्थानीय बासीहरुको भेला प्रदेश सभासद् एवम् नेमकिपा भजिसका अध्यक्ष सुरेन्द्रराज गोसाईको प्रमुख आतिथ्यतामा सोमबार सकोलानमा सम्पन्न भयो ।  उक्त भेलाले सञ्जय मानन्धरको अध्यक्षतामा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गर्यो ।
कार्यक्रममा नेमकिपाले भक्तपुर नगरलाई राम्रोसंग देश कै नमूनाको रुपमा विकास गरिरहँदा शासक दलहरु यसलाई कसरी विगार्ने भनेर लागि परेको साथै सबै विपक्ष मिलेर नेमकिपालाई हराउन प्रपञ्च रचिरहेको छ भन्नुभयो । उहाँ पैसा छरेर निर्वाचन जित्ने र जिते पछि भ्रष्ट्राचार, अनियमितता, व्यक्तिगत स्वार्थ र गुतगत र दलगत स्वार्थमा लाग्ने गरेकोले शुभलाभबाट मतदात टाढा रहनुपर्ने बताउनुभयो । उहाँले भक्तपुरमा चारवटा नगरपालिकाको तुलना गरे घाम जतिकै छर्लङ्ग भएकोले साथै शासक दलले चुनावमा चन्दाकै कारण बजार भाउ र महंगी आकाशियको साथै अतिआवश्यक सामान र परीक्षाको कपि समेतको अभाव सिर्जना गरी कालो बजारीलाई समेत बढावा दिई रहेकोले शासक दललाई हराउन आफ्नो अमुल्य मत राम्रो पार्टी नेमकिपालाई हालेर सदुपयोग गर्नुपर्ने बताउनुभयो । उहाँले कोरोनाको समयमा भक्तपुर नगरपालिकाको सेवाबाट संक्रमितलाईहरुलाई जीवनदान पाएकोले जनता प्रभावित भएको बारे चर्चा गर्दै जनताबाटै अक्सिजन प्लान स्थापना भएको बताउनुभयो । उहाँले एमसिसि पक्षघर दलहरुलाई भारती राजदुले प्रम लागयत नेताहरुलाई बोलाएर रक्सि खुवाइरहेको प्रति आपत्ति प्रकत गर्दै देशकै बेइज्जत गरेको बताउनुभयो । विस्तारवादी भारत र साम्राज्यवादी अमेरिकाले एमसिसि पक्षधरहरुलाई सहयोग गरिरहेकोले देशघाती एमसिसि पक्षधरलाई हराएरु देशको सार्वभौमिकता जोगाउनुपर्ने भन्नुभयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् वडाध्यक्ष रबिन्द्र ज्याख्वले नगरपालिका स्थानीय सरकार भएको र सरकार हुनलाई चाहिने कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको अधिकार समेत संविधानले बन्दोबस्त गरेको बताउँदै जनप्रतिनिधि विहिन नहुने अविछिन्न जनप्रतिनिधि मुलक संस्था हो भन्नुभयो । उहाँले वडा बजेटबाट पाँच बर्षमा अठ्ठाईस करोडको रकम परिचालन हुँदा स्थानीय ९५ वटा उपभोक्ता समिति मार्फत काम गर्दा स्थानीय जनताबीच उक्त रकम परिचालन हुनुका साथै अपनत्व प्राप्त गरी गुणस्तरीय, बलियो र टिकाउ निर्माण भएको बताउनुभयो । उहाँले यस नगरपालिकामा कुनै किसिमको अनियमितता, विभेद र घोकाका कुराहरु नउठेकोले चुनावबाट जितेर जनताको मत सदुपयोग भएकोले भक्तपुर नगरलाई विभिन्न जिल्लाहरुबाट अवलोकन गर्न आएकोबाट नै राम्रो काम भईरहेको प्रमाणित भएको बताउनुभयो । उहाँले कोभिडको समयमा पनि सकृयतापूर्वक काम गरेको र विभिन्न जात्राहरु व्यवस्थापन गरी जनताको जात्रा बनाएको बताउनुभयो । उहाँले राजनैतिक मताधिकारको बारेमा नयाँ पुस्ता सचेत नभएको प्रति लक्षित गर्दै मतदाता शिक्षाा दिनुपर्नेमा शासक दलले युवाहरुलाई गुड फ्राइडेको नाममा मोटरसाइकलमा तेल हाली दिएर रेष्टुरेन्टमा वियर खुवाएर विगारि रहेकोले युवाहरुलाई सचेत पार्ने कार्य हाम्रो पार्टीको दायित्व भएको बताउनुभयो । उहाँले गलत मानिस जिते देश पचास बर्ष पछि ढकिलिने भएकोले सहि मान्छे र राम्रो मान्छेलाई आफन्त भन्दा पार्टीको घोषणापत्र हेरेर मतदान गरी जिताउन अनुरोध गर्नुभयो ।
कार्यक्रममा नेमकिपा भनसका प्रतिनिधि कृष्णगोविन्द लाखाजुले चुनाव भनेको जनताको अभिमत बुझ्ने, जनताको चेतना स्तर नाप्ने, जनतालाई सैद्धान्तिक र व्यवहारिक ज्ञान दिन सदुपयोग गर्ने हो भन्नुभयो । उहाँले शासक दलले घोषणापत्रको उल्टो काम गरेकोले जनताले दुःख पाई रहेको नेमकिपाले घोषणपत्र अनुसार राम्रो काम गरेको बताउनुभयो ।
कार्यक्रममा नेमकिपा भनपा ९ समन्वय समितिका अध्यक्ष कृष्णभक्त लवजुले एक मत पनि जितहार हुने भएकोले आफ्नो अमुल्य मत खेर नफाल्न अनुरोध गर्नुभयो ।
कार्यक्रम सञ्जय मानन्धरको सभापतित्वमा सम्पन्न कार्यक्रममा केबि प्रजापति र रामकृष्ण प्रजापतिले पनि बोल्नु भएको थियो ।

Comments