वागीश्वरी स्कुलबाट शिक्षिका सुनितालाई विदाई
बैशाख ४, २०७९, आइतबार | दिउँसो ०१:२१ बजे | 20
लक्ष्मी प्रसाद गाईजु
भक्तपुर । वागीश्वरी मावि च्याम्हासिंह भक्तपुरमा कार्यरत शिक्षिका सुनिता मुनंकर्मीको अनिवार्य अवकासको अवसरमा आइतबार सम्मान तथा विदाई कार्यक्रम गरिएको छ ।
कार्यक्रममा प्रमुख अतिथि विद्यालयका पूर्व प्रधानाध्यापक मोहनप्रसाद प्रजापतिले अवकास प्राप्त मुनंकर्मीले ४१ वर्ष सात महिना सेवा गर्नुभएकोमा धन्यवाद दिनुभयो ।
वागीश्वरी कलेज कमलविनायकका प्राचार्य धनकुमार श्रेष्ठले अवकास कर्माचारी एवं शिक्षकशिक्षिकाको नियमित प्रक्रिया भएको भन्दै अवकासपछि पनि अवकास प्राप्त शिक्षकशिक्षिकाहरु तथा कर्मृचारीहरुबाट सक्दो सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।
विद्यालयका सहायक प्रिन्सिपल उकेश सुवालले चार दशक लामो सेवा सामान्य नरहेको बताउनुभयो । कलेज संयोजक ज्ञानसागर प्रजापतिले अवकासले नयाँं पुस्तका लागि ठाउँं छोडिएको बताउनुभयो ।
विद्यालयका अर्का सहायक प्रधानाध्यापक कृष्णप्रसाद कर्माचायको सभापतित्वमा सञ्चालन भएको कार्यक्रममा अवकास प्राप्त शिक्षिका मुनंकर्मीको बाँंकी जीवन सुखमय होस् भनी कामना गर्नुभयो ।
कार्यक्रममा विदाई हुनभएका शिक्षिका मुनंकर्मीले बाँंकी जीवनमा पनि आफूले स्कुलका लागि सक्दो सहयोग गर्ने वचन दिनुभयो ।