नेवाः देय् दबुका नवनिर्वाचित पदाधिकारीलाई लसहना
बैशाख ४, २०७९, आइतबार | विहान ०९:११ बजे | 55
रामगोपाल तमखु
भक्तपुर । नेवाः समुदायको लागि गर्नुपर्ने धेरै कामहरु बाकी छन, यसका लागि आफुले नेवाः समुदायको हकहितका लागि काम गरिरहेका बिभिन्न संघसंस्थाहरुको सलाह सुझाव अनुसार अघि बढ्ने नेवाः देय् दबुका नवनिर्वाचित अध्यक्ष पबित्र बज्राचयले बताए । शनिवार भक्तपुरमा बिराट नेपाल भाषा साहित्य सम्मेलन गुथि भक्तपुरको आयोजनामा दबुका नयाँ पदाधिकारीहरुलाइ लसहना व सहलह ज्याझ्व कार्यक्रमा बोल्दै अध्यक्ष बज्राचार्यले देय् दबुले नेवाः समुदका लागि नेवाः भाषा प्रशिक्षण अति आवश्यकता देखिएको बताए । अध्यक्ष बज्रचार्यले नेवाः समुदायले मनाउँदै आएको चाँडपर्व, जात्रा, संस्कृति, भेषभुषा सम्वन्धि सबैले आफ्ना वालबचाहरुलाई सिकाउँदै लानुपर्नेमा जोड दिएका छन् । अझै पनि उपत्यका बाहिरका नेवाः समुदायका ब्यक्तिहरुमा भाषा नजाने कै कारण आफुहरुलाई उपत्यवासी नेवाःहरुले हेप्ने पेल्ने भने सकोचित भावना रहेकोमा दुःख ब्यक्त गर्दै देय् दबु त्यस्तो नभई समग्र नेवाः समुदायलाई आफ्नो मौलिक पहिचानमा देश बिदेशका सबै नेवाः समुदायसँग मिलेर काम गर्ने साझा संस्था रहेको पनि बताए । अरुले हेप्ला पेल्ला पनेर डराउनु भन्दा आफु सक्षम गसरी बन्ने भने बारेमा सोचेर अघि बढ्नु पर्ने भन्दै सबैले आ आफ्नो ठाउँबाट आफु सक्षम हुने वातावरण तयार गर्न अनुरोध गर्दै त्यसकालागि देय् दबु साथ सहयोगको लागि तयार रहेको पनि बताए । देय् दबु कुनै रानितिक थलो नभई बिशुद्ध नेवाः समुदायको उत्थानको लागि स्थापना गरिएको संस्था भएको बताउँदै कुनै संकोचित भावना नराखि सबैले नेवाः मौलिकता बचाई राख्न अग्रसर हुन आग्रह गरे ।
कार्यक्रममा नेवाः देय् दबुका नवनिर्वाति महिला उपाध्यक्ष रस्मिला प्रजापति र कोषाध्यक्ष शाक्यले दबुले नेबाः समुदायको उत्थानका लागि गर्नु पर्ने कामहरु आफुहरुले सबैको सरसलाह लिई सोही अनुसार अघि बढ्ने बताए ।
कार्यक्रममा भक्तपुर जिल्लाका बिभिन्न नेवा समुदायको संघ संस्थाहरुका प्रतिनिधिहरु करिव ३५ जनाको उपस्थिति रहेको कार्यक्रममा उपस्थित बुद्धिजीवी समाज सेवीहरुले नेवाः समुदायमा आफ्नो मौलिकता हराउँदै गएकोमा चिन्ता व्यक्त गर्दै यस बिषयमा नेवाः देय् दबुले बिशेष चासो दिई अघि बढ्नु पर्ने लगायतका बिभिन्न सुझावहरु भएको बोलेका थिए ।