यस्तो छ हनुमानको नालीबेली


बैशाख ४, २०७९, आइतबार | विहान ०१:२८ बजे | 50


यस्तो छ हनुमानको नालीबेली

सुनील सापकोटा
आज हनुमान जयन्ती हो। केही लेख्न मन लाग्यो। वहाँका बारेमा लेख्दा धेरै कुराहरु छन। सबै लाई थाहा भएकै बिषय होला हनुमानजीको वर्षमा दुई पटक जन्मदिन मनाउने चलन छ ।  एउटा कार्तिक महिनाको कृष्ण पक्षमा र अर्को चैत्र महिनाको पूर्णिमाका दिन । किन दुई पटक वहाँको जन्म दिन मनाइन्छ भन्ने विषयमा म जान्न । लामो हुन्छ । त्यसैले छोटोमा लेख्छु । वहाँको  छोटो परिचय वा बायोडाटा यश प्रकार देखिन्छ ।
प्रमुख चर्चित नाम ः हनुमान ÷ महावीर ( अरु पनि थुप्रै नामहरु छन )
लिङ्ग ः पुरुष
गण ः वानर
पिता ः केसरी
संरक्षक पिता ः वायु
माता ः अन्जना
स्वामी ÷ मालिक ः  श्रीराम
कार्य स्थान ः अयोध्या
विशेषता ः  अस्ट चिरञ्जीवी मध्ये एक , अपार वल र पुच्छर
गुरु ः सूर्य
शिक्षा ः वेद , वेदाङ्ग , शास्त्रहरुको ज्ञानी ,  संगित कला  र गायन क्षेत्रमा निपुर्ण तथा मल्ल युद्धको ज्ञाता
अस्त्र ः गदा
योग्यता ः बिभिन्न युद्धहरु लडेको
मेरिटल स्टाटस ः ब्रम्हचारी मानिने , तर बिवाहा भएको
पत्निको नाम ः सुवर्चला
पुत्रको नाम  ः मकरध्वज , तर मकरध्वजको आमा चाहिँ मच्छ कन्या थिइन
                                  हिन्दु धर्मावलम्बीका अनुसार वहाँलाई आज सम्झिदा शुभ  हुन्छ अरे । वहाँको अर्को नाम संकट मोचन पनि हो। हिजोआज  सम्पुर्ण  विश्वनै कतै  कोरोना भाइरस त कतै  रसीया – युक्रेन बिच  युद्धको चपेटमा परेको बेला र हाम्रै देश नेपाल पनि आर्थिक संकटमा पुगि  हालत खराब भएको बेला यो घोर संकटको घडीमा हिन्दूहरु ले संकट निवारण  लागि हनुमान लाई  सम्झिदा राम्रै होला ।यो हिन्दूहरुको आस्थाको कुरा हो। सुखी र खुशी रहने हो भने हरेक कुरामा वैज्ञानिक प्रमाण खोज्नु हुँदैन होला। भावना पनि एक हो।
हिन्दीमा एउटा काहावत छ –– “ कुछ मान के चलो , कुछ जान के चलो “
अत्यमा , हामी नेपाली लाई हनुमानजी ले रक्षा गरुन् र  हाम्रो देशको आर्थिक संकट लाई पार लगाउन भन्ने चाहना राख्दै हनुमान जयन्तीमा सबैमा शुभकामना व्यक्त गर्छु   जय होस्।  इति÷÷

Comments