व्यासीमा गणेशप्रसाद सुवालको अध्यक्षतामा ८६ सदस्यीय निर्वाचन परिचालन समिति गठन


बैशाख ३, २०७९, शनिबार | विहान ०७:५७ बजे | 35


नेपाल मजदुर किसान पार्टी भक्तपुर नगरपालिका वडानं २ वडा ब्यासी ईकाई समितिको आयोजनामा आज पार्टी केन्द्रिय सदस्य सुरेन्द्रराज गोसाईको आतिथ्यतामा स्थानीय पार्टी कार्यकर्ता र शुभेच्छुक र समर्थकहरूको भेला ब्यासी कासनमा सम्पन्न भयो । सो भेलामा प्रमुख अतिथि गोसाईले स्थानिय तहको निर्वाचन जनमत हेर्ने माध्यम हो । नेमकिपाको अरु कुनै स्वार्थ छैन निस्वार्थ रुपले देश जनताको सेवा गर्ने हो ।  देशको सार्वभौमिकता जोगाउन र  असमान सन्धि सम्झौता खारेज गराउनको लागि मादल चिन्हमा मतदान गराउन कार्यकर्ताहरु जनताको घर दैलोमा पुग्न आबश्यक छ भन्नुभयो ।
नेमकिपा २ वडा ब्यासी इकाइ समिति अध्यक्ष गणेशप्रसाद सुवालको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेमकिपा भक्तपुर नगर समिति सदस्य नारायणप्रसाद त्वानाबासु, भक्तपुर नपा २ नं वडाका वडा अध्यक्ष हरिप्रसाद बासुकला, प्रध्यापक बिश्वमोहन जोशी नेमकिपा २  वडा ब्यासी ईकाईका राजकुमार लघु र अजेन्द्रकुमार लघुले पनि स्थानीय निर्वाचन र नेमकिपाका उम्मेदवार बिजयी गराउनुपर्ने आबश्यकतामाथि प्रकाश पार्नुभयो । बूहत भेलाले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेमकिपाका उम्मेदवारहरुलाई अत्यधिक बहुमतले निर्वाचित गराउन गणेशप्रसाद सुवालको अध्यक्षतामा ८६ सदस्यीय निर्वाचन   परिचालन समिति गठन गरियो ।

Comments