५५ हाते सर्प झुण्डयाइयो भक्तपुरमा
बैशाख १, २०७९, बिहीबार | विहान ०६:५४ बजे | 25
कुमार लघु
भक्तपुरमा चैत्रको मसान्तमा भक्तपुरवासीले दरवारमा मारेको सर्प दुई वटालाई लिङ्गोमा वाडेर झुण्डयाई जात्रा मनायो । सो जात्रा लिङ्गो उभ्याउने ठाउँ ल्योसिखेलमा हजारौ जनता उपस्थिती र जमघट भएर जात्रा गरे । चैत्र मशान्तमा ३० गतेसाँझपख लिङ्गो उठाएर २०७८ सालको साँझ हजारौ जनताहरूले कर्तल ध्वनीको आवाज र तालिको साथमा जात्रा सम्पन गर्ने परम्परा छ । सो जात्रा हेर्नलाई छिमेकी जिल्लाहरूवाट जात्रा हेर्न दर्शनार्थीहरू आई रमाईलो गर्ने लिने र आफन्त जनहरू काहाँ आउने जाने चलन छ । लिङ्गो उभ्याउनु अगाडि नकिन्जु अजिमा र भैरवको रथ र लिङ्गो तान्ने ठाउँमा ल्याएपछि मात्र लिङ्गो उभ्याउने चलन छ । लिङ्गोमा झुन्ड्याएको सर्प दुईवटा रूखमा झुण्डयाए पनि नाचेको जन सुर्ती छ । लिङ्गोको पूर्वमा भद्रकाली देवता र अन्य मंन्दिर दक्षिणपट्टि छ ।
लिङ्गो उभ्याई सकेपछि जात्रा सफल भएको मानिन्छ । सबै दर्शकहरू यो वर्ष त राम्रो भयो भने मनमा छलाङ्ग मार्छन् । दर्शकहरू कोही हेर्छन,कोही भजन, कोही नाच्ने गाउने आ आफ्नो रहर पूरा गर्छन । जात्रा हेर्न जानलाई आफ्नो घरमा मिठो भोजन गरि , खाई पिई सकेर ल्योसिङ्ग खेलमा आउने केटा भक्तजनहरूले डोरी तानेर रथ ठिक ठाउमा राख्छन र लिङ्गो तानेर उभ्याएको हुन्छ । उभ्याएपछि जात्रावाट घरमा फर्केर फेरि राम्रो मिठो भोजन गर्छन् । वैशाख १ गते साँझ लिङ्गो ढाल्न फेरि उपस्थिती हुन्छन् । बाजागाजा बजाई हसिठता गरि वस्छन् । साँझ भएपछि ढाल्न लिंगोमा बाँडेर राखेको डोरी फुकाल्छन् । डोर चढेर लिङ्गोको हात र टाउँको ढोग्न जान्छन् । डोरी चढ्न लुछाचुडी गर्छन् । कोही चढेर ठूलो मज्जा र आनन्द लिन्छन् । लिङ्गो साँझ आठ वजेतिर ढाल्नडोरी तानातान हुन्छ । आखिर समयमिलाई ढालेर प्रसादलिने चलन छ ।
लिङ्गो ढालेपछि रथलाई गाहितिसम्म तान्ने चलन छ । रथ तान्नु पनि रमाईलो हुन्छ । रथ तानेर जिऊमा सुफूर्ति ल्याउँछ । जिऊमा ताजा शक्ति सिर्जना हुन्छ । चाडपर्वमा भनेको खाने पिउने नयाँ लुगा र आफ्नतजनहरू भेटघाट र आराम गर्ने हो।
कुरो उठ्छ भाइ बहिनीहरू ५५ हाते सर्पलाई किन झुण्ड्यायो ? भक्तपुरको दरवारमा अति सुन्दरी राजकुमारी थियो । राजाले राजकुमारीलाई विवाह गरि दिने हलाखलाले देश देशका राजकुमारहरू राजकुमारीलाई विवाह गनर्लाई आउने तर ती राजकुमारहरूलाई डसेर मारेका कारणले राजकुमारीको विवाह हुन नसकेको किम्वदन्ति छ । आखिरमा एकदिन सर्पलाई मारेर जात्रा मानेको कथन छ । अघिलो दिन मारेर सर्पलाई ठूला अजङ्गको लिङ्गो रूखमा झुण्ड्याई मारेको जात्रालाई नै विस्का जात्राको रूपमा यो जात्रा विश्र्वमा प्रख्यात छ ।पुरानो वर्ष २०७८ पनि सकिने र नयाँ वर्ष २०७९ पनि थाल्नी हुने भएको हुनाले यो जात्राको विशेष महत्व रहेको जानकार गर्दछु । चैत्र २७ गतेदेखि आठ रात नौ दिन यो जात्रलाग्छ । यो जात्रा विशेषगरि टौमढी,गहिती र ल्योसिङ् खेलमा मनाई छ । लिङ्गो र रथलाई तानेर ध्यो थाहा विज्याईगु समयमा रथमा रहेको भैल ध्योको मूर्ति भएको र भैल नायकहरूलाई राखेर रथलाई माथि तानेर लाने चलन थियो । अध्यावधि अहिले पनि त्यो चलन छ । ध्यो कोनय विज्याईगु समयमा सवै मिलेर कोनयलाने चलन थियो । अहिलेका मानिसहरूले अलि धाक रवाफ र झेलि गरि उल्टोउल्टो कार्य गरेको हुनाले मानिसहरू जात्रा हेर्न आउन डराएको आभास पाईछ । वैशाख ५ गते ध्यो थाहा विज्याईगु चलन अनुसार गूठी सस्थाको नियमानुसार पूजा आजागरी ध्यो थाहा विज्याईगु परम्परा रहेको जानकारी छ । आठ दिन नौ रातमा भक्तपुर रहेको विभिन्न पिठमा रहेको देवी देवताहरूको जात्रागरी सम्मान र उत्सव मनाउने कार्यमा स्थानीय वासिन्दाहरू सक्रियरहेको पाउँछौ । नेपाली जनताहरू सम्पूर्णले नयाँ वर्षलाई स्वागतको क्रममा देशभर नै हर्षाे उल्लासका साथ नयाँ वर्षलाई सत्कार गर्ने चलन छ । भक्तपुर देश कै सानो जिल्ला भए नि धमर्मा अरू जिल्ला भन्दा अगाडि रहेको नगर हो । यहाँ दिनहुँ जात्रा पर्वलाई स्थान दिई रहने नगर र जिल्लामा पर्छ ।
२०७९ साल वैशाख १ गते