- Post Date 2022-04-13 07:12:26

कुमार लघु
भक्तपुरमा थुपै निजी स्कूलहरू गरिबका छोराछोरीले खोलेका छन् । यो एउँटा मौसमले ल्याएको परिवर्तन हो । ठिकै छ । किसानको छोराछोरीहरूले किसानको छोराछोरीहरूलाई उठाएको उदाहरण हो । निजी स्कूलले भक्तपुरमा देखिने गरि निजी स्कूलले योगदान गरेको समाजको परिवर्तनको लागि हो । देशको विभिन्न क्षेत्रमा भन्नाले कलेज , प्रशासन , अस्पताल, सरकारी क्षेत्र , सहकारी संघ,सस्थान उध्योग, छापाखाना,कानून क्षेत्र , स्कुल ,अस्पताल ,सार्वजानिक क्षेत्र , शिक्षा ,समाज सेवा ,आर्मी ,प्रहरी ,स्वयम् सेवामा र यातायात अन्य साईडमा लागेको हुनाले मानव संसाधनमा टेवा पुगेकोवाट निजी क्षेत्रले सन्तोषको अनुभव गर्ने ठाउँ छ ।
स्कूल भनेको गरिब धनी सवैले पढने ठाउँ हो । जसले नि गरिबले खोलेको निजी स्कूललाई विरोध गरेको छ । यो पनि न कतै दालमा कालो दाल मिसीएको हो कि ? स्कूलमा पढने जो सुकै विध्यार्थोलाई पनि सर मिस वा शिक्षक र शिक्षिकाले आफ्नो सीप कला र क्षमता अनुसार आआफ्नो विषयका खरात वनाउनलाई जिवनमा चाहिने जति सुमार्ग र वुध्दि विचारहरूलाई चालाख र विवेकशिल वनाउन प्रयत्न जारी राख्छन् । कसैले भनै नपर्ने गरि आफ्ना खुवीहरू जनताका छोराछोरीहरूलाई शिक्षित वनाउन शिक्षक र शिक्षिकाले आफ्नो जीवन अर्पन गरेको छ र गरिरहेकाछन् ।
जहिले भक्तपुरमा निजी स्कूललाई विरोध गरेकाछन् । निजी स्कूलले विध्यार्थीलाई विषेशता हासिल गर्न दिएका छन् । जहिले निजीमा पढ्ने विध्यार्थीले उन्नति गरेकोले डाहा भएर नै वुध्दिजिवी वर्गले विरोध जनाएका हुन । हरेक कलेजमा निजीवाट नै गएका विध्यार्थीले स्कलरशिप र डाक्टर पेशामा वैज्ञानिक क्षेत्रमा विशेषता हासिल गरेको छ । जसले विरोध निजी स्कूलको विरोध गरेकाछन् । त्यस्को छोराछोरीहरू कहिले कति वेला कहाँ पढेर शिक्षित र प्रबुध्द वर्ग नागरिक भई देश र जनताको सेवामा लागेकाछन् । जनताको तल्लो वर्गले सोचनुपर्छ । गरिव जनताका छोराछोरीहरू निजी स्कूलमा राम्रो पढेर देश र जनताको राम्रो पोष्टमा पुगेर सेवा गर्छन भने पिरले नै तल्लोस्तरको गरिवले खोलेर जनताको सेवा गरेकोले यस्तो विरोध आएको हुनुपर्छ । गरिवका जनतालाई पूँजिवादी शिक्षामा ढोका खोलेर जनताको सेवामा लाग्नपर्छ भने विचार गरिवको जनताको छोराछोरीले स्कुल खोलेर जनताले पूँजिवादी शिक्षा लिनु पर्छ र देश र जनताको भौगोलिक अवस्था अनुसार ग्रहन गर्नपर्छ । राम्रो चिजलिनलाई आफ्नो गच्छे अनुसार निजी र सरकारी स्कूलमा पढाउनु पर्छ ।सरकारीमा मात्र र निजी मै पढ्नुपर्छ भने छैन् ।जनताले आफ्नो आर्थिक अवस्था अनुसार स्कूलमा पढाउने हो । जनता आफैले निर्णय लिने हो । कसैको विरोधको पछि लाग्न हुन्दैन् । जनतालाई फाईदा नै भएकोले निजीस्कूलमा पढाउने कुरा विरोध गरेकाहरूले पनि वुझनु पर्छ । कतै यसमा विरोधमा केही लुकेको होला । जति पनि सरकारी स्कूलहरू छन् ती स्कूलहरूमा हाल निजी स्कूलहरूमा पढेर निपूण भएर नै प्रिन्सिपलको पढ् पाउन सफल भएका हुन । पुरानाहरूले चलाएको सरकारी स्कूलहरू चलमलाउन सकेन त । सरकारी स्कूलहरूमा पनि निजीको विध्यार्थीहरू गएर नै अलि चलमलाई रहेको हो त्यो कुरा खोई बुझेको हो ? यता राम्रा विध्यार्थीहरूलाई छात्रवृति दिएर सहुलित दिएकाछन् । निस्चित रूपमा शिक्षा वा सामानहरू राम्रा लिनलाई राम्रो मूल्य तिर्नपर्छ । जनतामा यो कुरा सल्लाह दिन चाहान्छु । जिवनमा एक छोरा वा एक छोरीले हाम्रो जीवन बिताउनु छ भने सोचले बसेकाहरूले राम्रो निजी स्कूलमा पढाइ जीवन सुख मय तवरले जिउनु पर्छ । वर्तमानमा सरकारी स्कूलले सिको गरेको छ । विरोध हुनुपर्छ । जायज कुरामा त्यो आफ्नो तबरले हुनु स्वभाविक छ । निजी स्कूलमा पढाउनेहरूले पनि निजी स्कूलको प्रभाबहरू जनमानसमा पु–र्याउनलाई लेख रचनाहरू पत्रपत्रिकाहरू लेख्न पर्छ । हातको औलाहरूलाई तिखार्ने अवसरहरू आआफै निजी स्कूलको शिक्षक शिक्षिकाहरूले समयको उपयोग गर्नु हुन अनुरोध र उत्सहित गर्न हुन प्रिन्सिपलहरूले ध्यान दिनु हुन चनाखो हुनु पर्ने देखिन्छ । समाजमा गरिवको छोराछोरीहरू निजी स्कूलहरूमा पढेर राम्रो हुन्छ भनेर जनतालाई आँखामा धुलो छ्यापेर शिक्षा दिनेहरूको समाजमा कमी छैन् भनेथाहा लिनु पर्छ ।
नेपालमा गरिवले पढ्नलाई समाजवाद ल्याउन निजी स्कूलमा पढेर समाजवादी वाटोमा लाईन लाग्नु नि पर्छ विध्यार्थी भाइ बहिनिहरूले यो मनन गर्नुपर्छ ।
अन्तमा निजी र सरकारी स्कूलमा पढ्ने पढाउनुहुने विध्यार्थीहरू र शिक्षक र शिक्षिकाहरूलाई नयाँ जोशका साथ पठनपाठनमा मनलगाई विध्यार्थी र जनताको सेवा गर्न सकोस भनी २०७९ सालको उपलक्ष्यमा हार्दिक शुभकामना दिन चहान्छु । धन्यवाद २०७८÷१२÷३० गते ।
...
All Comments.......
Please Login/Register To Comments