गोर्खा इको प्यानलद्धारा नववर्ष २०७९ सालको शुभकामना आदानप्रदान


चैत २९, २०७८, मङ्गलबार | साँझ ०४:०७ बजे | 45


गोर्खा इको प्यानलद्धारा नववर्ष २०७९ सालको शुभकामना आदानप्रदान

भक्तपुर । गोर्खा इको प्यानलले मंगलबार कर्पाेरेट अफिस राधेराधे भक्तपुरमा नववर्ष २०७९ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । कार्यक्रममा अध्यक्ष विश्वराम कवांले नयाँंवर्ष २०७९ वातावरणमैत्री निर्माण सामाग्रीको वर्ष होस् भनी कामना गरे । उनले निर्माण सामाग्रीमा हरित क्रान्ति होस् भनी कामना पनि गरे । प्राकृतिक विनाश गरेर उत्पादित निर्माण सामाग्री भन्दा प्रकृतिलाई संरक्षण गरी बनेका निर्माण सामाग्रीको प्रयोग गर्न उनले जोड दिए ।
कार्यक्रममा अध्यक्ष कवांले २०७९ साल वातावरणको संरक्षण गरी बनेका इको प्यानलको प्रयोगमय वर्ष होस् भनी कामना गरे । निर्माण सामाग्रीमा हरित क्रान्ति भन्ने मुल नाराका साथ प्रालिले गोर्खा इको प्यानलको उत्पादन गर्दै आएको छ ।
[[img4]]
कार्यक्रममा प्रालिका निर्देशक कृष्णराम देउपालाले नयाँंवर्षमा कोभिड संक्रमबाट मुक्त वर्ष होस् भनी कामना गरे । उनले यो वर्ष तनाबमुक्त वर्षको रुपमा हेर्न पाइयोस् भन्ने पनि शुभकामना दिए ।
अर्का निर्देशक हरिराम बुयोले अहिलेको युग आधुनिक निर्माण सामाग्री प्रयोग गर्ने युग भएको बताए । उनले कार्यरत सम्पूर्ण कर्मचारीहरुमा सुख, शान्ति अनि समृद्धिको कामना गरे ।
गोर्खा इको प्यालनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर सुरेश कवांले कम्पनीको सफलता नै कर्मचारीमा हुने भन्दै कम्पनीलाई आफनै सम्झेर काम गर्न आग्रह गरे । महाप्रबन्धक जीवन खाइतूले कम्पनीको सफलता नै सामूहिक प्रयास भएकोले सवैको प्रयास उतिकै आवश्यक भएको बताए ।
[[img3]]
कार्यक्रममा बताइए अनुसार गोर्खा इको प्यानल देशका ७० जिल्लाहरुसम्ममा पुगेको छ । यसका इको प्यानल हिमाल, तराई, पहाड सवै जिल्लामा उतिकै लोकप्रिय छन् ।
गोर्खा इको प्यानल इन्टरनेशनल ग्रीन डेभलपर्स नेपाल प्रालिद्धारा उत्पादित नयाँं निर्माण सामाग्री हो । यो स्थायी तथा अस्थायी संरचनामा भित्री तथा बाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने निर्माण सामाग्री हो । भूकम्प प्रतिरोधी, हलुका, वातावरणमैत्री भएकाले यसको लोकप्रियता देशभरि नै छ ।

फाेटाेमा हेर्नुहाेस्...

गोर्खा इको प्यानलद्धारा नववर्ष २०७९ सालको शुभकामना आदानप्रदान
गोर्खा इको प्यानलद्धारा नववर्ष २०७९ सालको शुभकामना आदानप्रदान
गोर्खा इको प्यानलद्धारा नववर्ष २०७९ सालको शुभकामना आदानप्रदान

Comments