भक्तपुरमा नववर्ष साइकल यात्रा हुने
चैत २९, २०७८, मङ्गलबार | दिउँसो ०२:४४ बजे | 20
कबिन श्रेष्ठ
भक्तपुर । नववर्ष २०७९ को अवसरमा साइकल सेभ अस भन्ने सोचका साथ ख्वप कलेज देकोचा भक्तपुरले नववर्ष साइकल यात्रा आयोजना गर्ने भएको छ । यात्रा वैशाख ३ गते शनिबार हुने जनाइएको छ । यात्रामा कलेजका शिक्षकशिक्षिका तथा विद्यार्थीहरु सहभागी हुन पाउने जनाइएको छ ।
प्रकाशित सूचना अनुसार यात्रामा सहभागी हुन इच्छुक शिक्षक तथा विद्यार्थीले गुगलफर्म भर्नुपर्छ । साइकल यात्रा बिहान ६ः३० मा ख्वप कलेजबाट सुरु हुँनेछ । कलेजबाट सिपाडोल, डोरलाङ, डोलेश्वर हुँंदै जगाती र कमलविनायक भएर यात्रा कलेजमा फर्केर टुंग्याउने कार्यक्रम तय गरिएको छ । यात्रा १२ किलोमिटरको रहने जनाइएको छ ।
ख्वप कलेज मानविकी संकायको बीएबीएसडब्लु तथा एमए अंग्रेजीका इन्चार्ज कामिनिका न्याइच्याईका अनुसार साइकल यात्राको मुल उद्देश्य स्वस्थ्यर वातावरण बचाउनु रहेको छ । उनी भन्छन्, ‘साइकलले हामीलाई बचाउँछ । साइकल चढनु र हिड्नुस्वस्थ र वातावरणको लागि राम्रो हो ।’
ख्वप कलेजमा कार्यरत प्रा.डा पुरुषोत्तमलोचन श्रेष्ठ र अन्य उपप्रध्यापक पनि साइकलमा हिड्नुहुन्छ । त्यसैले अन्य शिक्षक तथा विद्यार्थी वर्गमा पनि साइकल चलाउन उत्प्रेरण गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरेको जनाइएको छ । साथै नयाँवर्षको शुभकामना नयाँं तरिकाले दिन पनि यस कार्यक्रमको आयोजना गरिएको जनाइयो ।
साइकल अहिलेको आवश्कता हो । बढ्दो पेट्रोलियम पदार्थको मूल्य वातावरण तथा स्वस्थको लागि पनि साइकल । त्यसैले नयाँवर्षको आरम्भदेखि साइकल चलाउन थालौ र सम्बन्धित निकायको पनि साइकलमा ध्यान जाओस् भन्ने कार्यक्रमको थप उद्देश्य रहेको जनाइएको छ ।