फ्युचर स्टार स्कूलको बार्षिकोत्सव सम्पन्न
भक्तपुर, २९ चैत । फ्युचर स्टार सेकेण्डरी स्कूलको बार्षिकोत्सव तथा नवबर्ष २०७९ को शुभकामना आदानप्रदान कार्यक्रम नेपाल अभिभावक माहासंघका केन्द्रीय अध्यक्ष सुप्रभात भण्डारीको प्रमुख आतिथ्यतामा विद्यालय प्रागण भित्र एक समारोहबीच मंगलबार सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख अतिथि सुप्रभात भण्डारीले कोरोनाबाट खुकुलो भई साक्षात्कार हुने अवसर प्राप्त भएको बताउँदै स्वास्थ्य मापदण्ड पालना गरी आत्मबलका साथ जीउन सक्नुपर्ने बताउनुभयो । उहाँले विद्यालयले अभिभावकको मन जितेर छोटो समयमा धेरै प्रगति गरेकोमा बधाई दिँदै नयाँ बर्ष र विस्का जात्राको शुभकामना दिनुभयो । उहाँले अभिभावकको खुसि भनेको सन्तानको प्रगति सुखि हुनु हो भन्नुहुँदै शिक्षा ग्रहण गर्न सजिलो माध्यम मातृभाषा भएकोले भाषा, संस्कृति र संस्कार जोगाउन अभिप्रेरित गर्नुभयो । उहाँले बच्चा जन्माउँदैमा अभिभावक नहुने बताउँदै बालबालिका हुर्कने बातावारण दिन सक्नुपर्ने बताउनुभयो । उहाँले बालमैत्री शिक्षा आजको आवश्यकता भएको बताउँदै मायाममतना, बालबालिकाको चाहना अनुसारको शिक्षा दिनुपर्ने बताउनुभयो । उहाँले बालबालिकाहरु जन्मदा अन्र्तरनिहित प्रतिभाहरु बोकेर आएको हुन्छ शिक्षाको माध्यमबाट त्यसलाई प्रस्फुटन हुन्छ भन्नुभयो । उहाँले शिक्षा अभिभावक चाहना अनुसार नभई बालबालिकाको चाहना र आवश्यकता अनुसार दिनुपर्छ भन्नुभयो । उहाँले उहाँले देश श्रीलंका जस्तै आर्थिक संकत हुन लाग्यो भनेर हल्ला फैलिएको तर त्यसलाई समाना गर्न सक्ने उत्पादन मुखि र आत्म निर्भर शिक्षाको खाँचो रहेको बताउनुभयो । उहाँले हाम्रो शिक्षा जनशक्ति उत्पादन गर्ने मेशिन जुन विदेशीने गर्दछ त्यसैले देशभक्ति, अनुशासन सहितको नैतिक शिक्षा आवश्यक छ भन्नुभयो । उहाँले शिक्षा जीवन बाँच्न सिकाउने, विपदमा सहयोग गर्न सिकाउने, कर्म गर्न सिकाउने हुनुपर्ने बताउँनुभयो ।
कार्यक्रममा संस्थागत विद्यालय संघ(इसान)का अध्यक्ष प्रेमजन थापाले शिक्षा भनेको विद्यालयको भौतिकपूर्वाधार माात्र नभई ज्ञानलाई व्यवहारमा देखिने गरी स्थायी परिवर्तन नै शिक्षा वा सिकाई हो भन्नुभयो । उहाँले बालबालिकाहरु स्वतन्त्रपूर्वक स्वच्छ वातावारणमा प्राकृतिक रुपमा शिक्षा ग्रहण गर्ने वातावरण बनाउनुपर्ने बताउँदै कडा अनुशासनमा कोठामा राखेर घोकन्थे विद्याको विरोध गर्नुभयो । उहाँले एकाइसौं शताब्दीमा प्रतिस्पर्धामा सफल शिक्षा आवश्यकता महशुस गरी लर्निङ्ग बाई डाइङ्ग माध्यमबाट शिक्षा दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा अभिभावक संघ नेपाल भक्तपुर जिल्ला समितिका अध्यक्ष रामकृष्ण प्रजापतिले राज्यले गुणस्तरीय शिक्षा प्रदान नगर्दा बाध्य भएर अभिभावकहरुले आफ्नो छाक काटेर संस्थागत विद्यालयमा पढाउन बाध्य भएको बताउँदै संस्थागत विद्यालयको विकृति र विसंगति, मनपरि मंहगो शुल्क र शिक्षालाई व्यापारीकरणबाट जोगाउन विभिन्न स्थानका अभिभावकहरु संगठित गरी संघ गठन गरेको बताउनुभयो । उहाँले विद्यालय भनेको अभिभावक, शिक्षक र विद्यार्थी भएकोले ओदानोमा एउटा खुट्टा भाँचो लङ्गडो हुने बताउनुभयो ।
कार्यक्रम विद्यालयका प्रिन्सीपल सृजना प्रजापतिको सभापतित्वमा सम्पन्न कार्यक्रममा सिपाडोल परोपकार समाजका संरक्षक मणिरत्न बज्राचार्य, सिपाडोल परोपकार समाजका अध्यक्ष हेम बहादुर सापकोटा, अभिभावक सावित्री भुसाल, सिपालडोल टोल सुधार समितिका अध्यक्ष राजेश गिरी, सिपाडोल युवा समाजका अध्यक्ष नवराज भट्टराई, शिक्षक रमेश सुवाल, शिक्षिका सृजना कर्माचार्यले पनि विद्यालयको उत्तोतर प्रगति र शुभकामना व्यक्त गर्नु भयो ।