नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीलाई दिइयो अभिमुखरीकरण
चैत २८, २०७८, सोमबार | विहान १०:५७ बजे | 40
भक्तपुर । नेपाल इन्जिनियरिङ कलेज दुवाकोट भक्तपुरका विद्यार्थीका लागि सोमबार अभिमुखीकरण कार्यक्रम गरिएको छ । स्नातक तहको इन्जिनियरिङमा भर्ना भएका विद्यार्थीको लागि अभिमुखीकरण गरिएको हो । कलेजमा इन्जिनियरिङका विभिन्न विधाहरुमा पहिलो सेमेष्टरमा भर्ना हुन आएका विद्यार्थीलाई कलेजका प्राचार्य प्राडा हरिकृष्ण श्रेष्ठलगायतको सहभागितामा अभिमुखरीकरण गरिएको हो ।
विद्यार्थीलाई कलेजका प्राचार्य श्रेष्ठ, सहायक प्राचार्य एसोसिएट प्रोफेसर दुर्गाप्रसाद भण्डारी, एकेडेमिक कोअर्डिनेटर एसोसिएट प्रोफेसर बाबुराम भट्टराईलगायतले अभिमुखीकरण दिए । त्यस क्रममा इन्जिनियरिङका स्कोप तथा उपयोगितालगायतका विषयमा जानकारी गराइएको थियो ।
परिचयात्मकका साथै कलेजकोबारेमा, विद्यार्थीहरुले पढ्नुपर्ने कोर्सहरुकाबारेमा जानकारी पनि गराइयो गराइएको थियो । साथै चार वर्षकोवीचमा ध्यान दिनुपर्ने कुराहरुबारे पनि विद्यार्थीलाई जानकारी गराइएको थियो । साथसाथै बिषय शिक्षकहरुले पनि आआफना विद्यार्थीलाई कोर्सहरुका साथ अन्य विविध विषयमा जानकारी दिएका थिए ।
अत्याधिक विद्यार्थी भएका कारण एउटै हलमा कार्यक्रम नगरी फरकफरक विधाका विद्यार्थीलाई फकरफरक ठाउँंमा राखेर कार्यक्रम गरिएको थियो । त्यस अनुसार नौ वटा कक्षाकोठाहरुमा कार्यक्रम भएको थियो । यसमध्ये सिभिलको तीन समूहमा र कम्प्युटरका दुई वटा समूहमा कार्यक्रम भएको थियो । इन्जिनियरिङमा आर्किटेक्चर पाँंचवर्षे हुन्छ भने बाँंकी सवै चारवर्षे हुन्छ ।
कलेजमा सिभिल, आर्किटेक्चर, सिभिल एण्ड रुरल, कम्प्युटर, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स र इलेक्ट्रोनिक्स एण्ड कम्युनिशेन विधामा पढाई हुने गर्दै आएको छ ।