विस्केटमा योजनावद्ध ढुंगामुढा


चैत २८, २०७८, सोमबार | विहान ०९:३१ बजे | 15


विस्केटमा योजनावद्ध ढुंगामुढा

कुमार लघु
विस्केट जात्रा भक्तपुरको विश्वविख्यात जात्रा हो । विस्केट जात्राले पुरानो वर्ष समाप्त चैतको अन्तिम दिन लिङ्गो तानेर र नयाँवर्षको सुरूवाटमा लिङ्गो उभेकोलाई ढालेर हर्षउल्लासका साथ आएको पर्वलाई मान्दै आईराखेको परम्परागत रितीस्थितीलाई उजागर गर्दै भक्तपुरवासीले सस्कृतिलाई जर्गेना गर्दै परम्परालाई संरक्षणको रूपमा मनाउँदैछन् ।
यो जात्रा मनाउनमा आफ्नै इतिहास छ । यसको भित्री कालखण्डमा नगई म वर्तमानको कुराहरूमा पानाहरू भर्न चाहान्छु । विस्केट भनेपछि भैरबको रथलाई लिएर आधुनिक युवाहरूले एउँटा रमणिय खेलको रूपमा आफूलाई सहभागिता गर्ने इनर्जेटिक युवाहरूले रथ आफ्नो पक्षमा वा कोनयमा वस्नेले कोनय र थानयमा वस्नेले रथको डोरीलाई ताने काम गर्छन् ।
पहिले रथ तानेर आफ्नो घरमा जाडेको खाजामा मासु चिउरा जाड रक्सी अन्य तरकारी गेडाडूडीले वनेको परिकार खाई र पिई नयाँ लुगा फाट्टो र जुतामोज्जा लगाई अनफना परिवारसित जात्रा ह्ेर्न भक्तपुरको प्रख्यात ठाउँ टौमढी चोकमा जम्मा हुन्छन् ।  के वुढापाका युवा युवती भैरवका जात्रा हेर्न साँखु,चाँगु ,नगरकोट वनेपा धुलिखेल पनौति र थिमीको विभिन्न ठाउँहरूवाट रमाईलो गर्न र जात्रा हेर्न आई पुग्छन् ।
त्यो जात्रा चलाउने जिम्मा भक्तपसरको गूठि कार्यालयलाई जिम्मा दिएकोछ । जात्रालाई राम्रो ,सभ्य भव्य वनाउन सिडीओ भक्तपुर नगरपालिका र  विभिन्न संघ सस्थानहरूले आफ्नो जिम्मेवारीता निभाउने कामगर्छन् । यसै क्रममा सवैले नै कोशिश गर्छन् । यो जात्रा चैत्र २७ गतेदेखि  वैशाख ५ गतेसम्म मनाउने चलन छ । २७ चैत्रमा जात्रा हेर्नलाई हजारौ मानिसहरू टौमढीमा रहेको रथलाई तानेर ध्यो कोह विज्याकेगु परम्परालाई मान्यता दिएर समयमै जात्रा सुरूवाट गर्ने चलन छ ।
पहिलो दिन जात्रा ध्यो कोह विज्याकेगु गर्छन् ।त्यस्को अर्थ देवतालाई तल रथ ताने हो । रथलाई तल तानेर गहितीमा ठिक ठाउँमा विसाउने चलन छ ।  यहाँका जनता माराहरू जनतालाई सुख होला भनी आखिर रथ तानेकै वेलामा ईट्टाले हानाहान गरेर भक्तपुरको नात्रालाई हेला गराउन र जात्रा विथोल्न उद्त रहेको समयले देखाई रहेको छ । त्यो रथलाई विगार्न र जनताका छोराछोरीहरूलाई जाड ख्वाएर र सस्कृतिलाई विगारेर उपद्रो मचाउन थालेको धेरै वर्ष भैसकेको विगतको इतिहास ।
यो वर्ष पनि भक्तपुर नगरपालिका गूठी सस्थान, सिडिओ कार्यालय विभिन्न  संघसस्थाहरू मिलेर शान्तिपूर्ण रूपमा जात्रा शुरू र समाप्त गर्न शद्भभाव –र्याली गरेको कुराहरू हामी सवैलाई थाहा छ । जात्रालाई र भक्तपुरलाई वदनाम गराउन चाहानेहरूको के कमी छ  ?  आखिर च्यालेन्ज डिएर ईट्टाले हानाहान गराईयो ।
हानाहानमा लाग्नेहरूको जिउको विभिन्न भागहरूमा चोटपटक लागेर औषधि मूलो गर्न २० जनादेखि २५ जनाको घाईतेहरू भक्तपुर अस्पतालमा आएर औषधि गर्न आएवाट यहाँ झै झगडा गर्नेहरूको लिष्टवाट थाहा भैरहेकाछन् ।
चैत्र ३० गते लिङ्गो उभाउछ र वैशाख १ गते वेलुका लिङ्गो ढाल्छन् ।  भक्तपुरमा यस्तै जात्राहरू बैशाखको ५ गते सम्म चलिरहन्छ । अन्तिम दिन बैशाख ५ गते भैरवको जात्रा गरी रथ  तानेर ध्यो थाहा विज्याकिईगु चलन छ । त्यस्को अर्थ देवताहरू सवै माथी आआफ्नो गृह प्रस्थानमा फर्किने दिन हो । त्यो दिनमा पनि रथ  तानेर माथी थनयकाले थने लाने प्रयास गर्छन् र कोनयकाले कोनय लगेर जात्रा सम्नप गर्ने गर्छन् । बल नाप्ने एउँटा यो खेल पनि हो । पहिलेको राजा माहाराजहरूले जिवनमा आनन्द लिनलाई एक समय यो जात्राको खेल वनाएको हुनु पर्छ । पहिलेका पूर्खासित अनुशासन, र नियम छ । अहिलेकाले नियम र अनुशासनलाई मिचेको र भंङ्ग गरेको हुनाले यो  वेला ईट्टा हानाहानको स्थिती आईरहेको हो । यता कानून पनि फितलो भएको हुनाले नै समजमा भएको अनुशासनलाई लगाउन गाह्रो भएको हो । सम्पूर्ण नेपाली दाजु भाई काका काकी आमा बुवा,आफन्तजनहरू र इष्ट मित्रहरूलाई नयाँ वर्षको हार्दिक शुभकामना छ । नयाँ वर्षले सबैको मनमा हर्षउमंगले जिवनमा परिवर्तन  ल्याउन सकोस् । धन्यवाद

Comments