पातपतिङर थुपारेर पोल्ने काम गर्ने ब्यक्तिलाई सचेत
चैत २७, २०७८, आइतबार | दिउँसो १२:४८ बजे | 45
सिन्धुपाल्चोक । डिभिजन बन कार्यलय सिन्धुपाल्चोकको सहयोग र पहलमा बन डडेलो नियन्त्रण बन दस्ता टोली परिचालन गरिएको छ । बन वातावरणको संरक्षण गर्न प्राकृतिक सम्पदा जडिबुटी बन्यजन्तुहरुको संरक्षण गर्न मानबिय क्षति हुन नदिन प्राकृतिक बिपत्ति रोक्न बनमा डडेलो लाग्न नदिन हरित बाताबरण यथावत राख्न डिभिजन बन कार्यलयले बिशेश योजनाका साथ बन दस्ता टोली चैत १० गतेदेखि जिल्लाभरि गस्तीको रुपमा परिचालन गरिरहेको कुरा डिभिजन प्रमुख पदम राज नेपालले बताउनुभयो । सामुदायिक बन रास्टृय बन निजी बनहरुमा डडेलो लाग्न नदिन गर्मियमको सुरुदेखि नै डडेलो नियन्त्रण जन चेताना मुलक याली प्लेकार्ड ब्यनरसहितको सबै सब डिभिजन कार्यलय अन्तर्गत कार्यक्रम गर्दै सुचना प्रबाह गर्दै बन्दस्ता टोली गाउगाउ टोलटोल बस्तीबस्ती पुग्दै आबादि जागाहरुमा पातपतिङर थुपारेर पोल्ने काम गर्ने ब्यक्ति समुदायहरुलाई सचेत गर्दै आगो नियन्त्रण गरिरहेको छ । सिन्धुपाल्चोकको हरित बाताबरणको पहिचान यथावत राख्न बन डडेलो जिरोमा ल्याउन डिभिजन बन कार्यलय सिन्धुपाल्चोकको प्रमुख पदमराज नेपाल अधिकृत कृष्ण थापा शंकरराज गिरी भक्तबहादुर श्रेष्ठ, सब डिभिजन कार्यलयका अधिकृत बच्चुराम पुडासैनी संकर थापा स्रद्धा सिङ्देल कमला श्रेष्ठलागायतको पूर्ण भुमिका रहेको छ । बन डडेलो नियन्त्रण बन दस्ता टोली सयोजक शारदा प्रसाद चालिसे को सकृयतामा परिचालन गरिएको छ । बन दस्ता २४ सै घन्टा खटिएरहेको छ । सूचना प्रबाह गर्दै बन डडेलो नियन्त्रण गर्न अग्रस्थानमा सिन्धुपाल्चोक जिल्ला रहेको छ ।