शिक्षकशिक्षिकाहरुलाई झोला (व्याग) वितरण
चैत २६, २०७८, शनिबार | विहान ०२:२० बजे | 25
ललितपुर । महांकाल गाउँपालिका वडा नं.१ बुखेलमा लोकेश्वर मिडिया सर्भिस, पुतलीसडक,काठमाडौंको आयोजनामा लोकेश्वर मिडिया सर्भिसका प्रमुख आजीवन संरक्षक,वरिष्ठ समाजसेवी सुर्यबज्र लामा, बौंद्ध,काठमाडौंको आर्थिक सहयोगमा वडाध्यक्ष खोमप्रसाद गौतमको प्रमुख आतिथ्यमा वडा सदस्य सरस्वती घिमिरे,सामाजिक अभियन्ताहरु क्रमशः साईलीमाया बम्जन,फुलमाया ङेसुर तामाङको विशेष आतिथ्यमा श्री कालीदेवी माविमा अध्ययनरत १६१ जना विद्यार्थीलाई ट्र्याकसुट तथा १६ जना शिक्षकशिक्षिकाहरुलाई झोला (व्याग) वितरण समारोह सम्पन्न भएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीलाई ट्र्याकसुट तथा कार्यरत शिक्षक,शिक्षिकाहरुलाई झोला वडाध्यक्ष गौतम,वडासदस्य घिमिरे र सामाजिक अभियन्ता बम्जनले सामुहिक रुपमा वितरण गर्नु भएको थियो ।