के भक्तपुरमा चुनाबका लागि पैसा बाँंड्न थालेको हो ?


चैत २५, २०७८, शुक्रबार | दिउँसो ०३:४२ बजे | 40


के भक्तपुरमा चुनाबका लागि पैसा बाँंड्न थालेको हो ?

भक्तपुर । स्थानीय निकायको निर्वाचन नजिकिएसँंगै भक्तपुरमा चुनाव केन्द्रित भएर पैसा बाँंड्न थालिएको चर्चा भएको छ । भक्तपुरमा शुक्रबार भएको एक कार्यक्रमा एकजना सांसदले आफूहरुलाई यस्तो जानकारी प्राप्त भएको बताएका हुन् ।
ती नेताले केही दिन अगाडि पूर्व प्रधानमन्त्री सहभागी भएको कार्यक्रमा यस्तो भएकोे सूचना आएको बताए । उनका अनुसार तीन करोड रुपैयाँं बाँंडिएको थियो । पछि फेरि नपुगेर १२।१२ लाखको तीन वटा चेक ल्याएर बाँंडियो भने सूचना प्राप्त भएको छ, उनले भने ।
नेपाल मजदुर किसान पार्टी भक्तपुरका अध्यक्ष एवं प्रदेश सांसद् सुरेन्द्रराज गोसाईले यी कुरा सुनाएका हुन् । केही दिन अघि पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली भक्तपुरको सिपाडोलस्थित शान्ति निकेतन माविको भबन उदघाटन कार्यक्रममा पुगेका थिए ।

Comments