मुलपानी महोत्सबको क्रममा शनिबार लाइभ कन्सर्ट हुने


चैत २५, २०७८, शुक्रबार | दिउँसो ०३:१६ बजे | 20


मुलपानी महोत्सबको क्रममा शनिबार लाइभ कन्सर्ट हुने

काठमाडौं । मुलपानी महोत्सबको क्रममा शनिबार चर्चित द एक्स व्याण्डबाट लाइभ कर्सन हुने भएको छ । मुलपानीमा बिहीबारदेखि सुरु भएको प्रथम मुलपानी महोत्सव २०७८।०७९ को क्रममा शनिबार त्यसका लागि विशेष कलाकारहरु आउने जनाइएको छ ।
एक्स व्याण्डबाट लाइभ कन्सर्ट हुने आयोजकले जनाएको हो । कन्सर्ट साझ पाँंच बजेदेखि सात बजेसम्म हुने जनाइएको छ ।
मेलामा दैनिक स्थानीय तथा राष्टिय कलाकारहरुबाट साँंगितिक कार्यक्रमहरु हुने जनाइएको छ । पहिलो दिन बिहीबार पनि उदघाटन कार्यक्रमपछि साँंझ साँंगितिक कार्यृक्रम गरिएको थियो । कार्यक्रममा सयौं सहभागीहरुले भरपूर मनोरञ्जन लिएका थिए ।
श्री श्रृषेश्वर महादेव क्षेत्र परिसर संरक्षण समाज मुलपानीको आयोजनामा महोत्सव सुरु भएको हो ।  काठमाडौं मुलपानीको खुल्ला चौरमा महोत्सव सुरु भएको हो । महोत्सव चैत २४ गते बिहीबारदेखि बैशाख ५ गतेसम्म चल्ने जनाइएको छ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नं ६ मुलपानी चौर मुलपानी काठमाडौंमा मेला भएको हो ।

Comments