शिल्पी थियटरको 'अलिकति उज्यालो' नामक नाटक सहित बुधबार पुस्तक प्रदर्शनी सम्पन्न
चैत २४, २०७८, बिहीबार | दिउँसो ०१:०२ बजे | 45
सत्य राम कासिछ्वा
सूर्यमढी आरम्भ नेपालको आयोजनामा पुस्तक अध्ययन संस्कारलाई पुनः बढावा दिन तीन दिने पुस्तक प्रदर्शनीको अन्तिम दिनको पहिलो सेसनमा 'ख्वप मोडेल' विषयमाथि भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा परिचर्चा कार्यक्रम बुधबार सम्पन्न भयो । उक्त कार्यक्रमको पहिलो चरणमा उद्घोषक कमलराज गोसाइँले आयोजक आरम्भ नेपालद्वारा तयार भएको प्रश्नावलीमा प्रमुख अतिथि मेयरले जवाफ दिनुभएको थियो। त्यस्तै दोस्रो चरणमा सहभागीहरू मध्येबाट प्रतिनिधि प्रश्नोत्तरले ख्वप मोडेल लाई अझ प्रष्ट पार्न खोजेका छ ।
पहिलो चरणमा प्रमुख अतिथि मेयरले भक्तपुर नगरपालिकाले संचालन गरिएका अध्ययन संस्थाको नाम ख्वप राख्न गरिएका लामो छलफल र २०७४ को आम निर्वाचन पछि राजनैतिक दलको स्मार्ट सिटी अवधारणालाई भक्तपुर नगरले आदर्श नगरको परिकल्पना गर्नुलाई नै ख्वप मोडेल भनेर अरूले नाम दिएको भन्नुभएको छ । त्यस्तै प्रमुख अतिथि प्रजापतिले नेमकिपाका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छेँको सय वर्ष पछिको भक्तपुर कृतिले पुरानो नगरका प्रत्येक घर होमस्ट, विविध भाषाका ज्ञाता तथा रात्रीकालिन संगितमय हुने परिकल्पना लाई २०७२ को महा भूकम्प थप चुनौति दिएको बताउनु भएको छ ।
त्यसक्रममा पुरानो शहरको सिमांकन गरेर घरहरू निर्माण गर्दा अगाडिको मोहदामा लाग्ने कूल खर्चमा ३५५ सम्म अनुदान दिँदा नि छाना राख्ने कार्यमा मनपरि हुँदा आकाशबाट हेर्दा कुरूप बनेको यथार्थ बताउनुभयो ।
त्यस्तै नगरका जनताले उच्च शिक्षा ग्रहण गर्न सहजताको लागि शैक्षिक ऋण तथा संस्कृति, इतिहास, भूगोल, राजनीति शास्त्र एवं नेपाल भाषा अध्ययन जहाँ गरे नि त्यसको खर्च नगरपालिकाले व्यहोरिदिने र प्रत्येक वडाको १र१ सार्वजनिक पुस्तकालयको पुनःजिवन दिलाउन प्रत्येकलाई रू। १ लाख आर्थिक सहयोग गरेको र सरकार उदारीकरणको नाउँमा शिक्षा र स्वास्थ्य झन् महंगो बनाएको पनि आरोप लगाउनु भएको छ । विद्यार्थी घरमा बस्दा पठन संस्कृतिमा ह्रास आएकोले अनलाइन तथा भर्चुअल कक्षाको व्यवस्था गर्न विद्यालय कलेज क्याम्पसमा गरिएको अनुरोधले आज भक्तपुरमा उत्कृष्ट विद्यार्थी तयार भएको तथा देशका लागि आवश्यक जनशक्ति भक्तपुरबाट उत्पादन भएको बताउनुभएको छ । कोरोना कहरको बेला अक्सिजनको अभावमा सर्वसाधारण जनताले ज्यान गुमाएको तथा पर्यटकको आगमन नहुँदा नगरपालिकाको आयस्रोत न्यून हुँदा समेत जनतासँग सहकार्य गर्दै अक्सिजन प्लान्ट निर्माण गरेर जनतालाई निःशुल्क रूपमा वितरण आएको र लकडाउनको समयमा किसानका तरकारी खेतबारी मै कुहिन थालेपछि स्वास्थ्य मापदण्ड अपनाएर जनतालाई खाद्य सामग्री सहजरूपमा उपलब्ध गराउन देशमै पहिलो पटक बाहिर निस्किनको लागि अनुमतिपत्र पासको अवधारणा ल्याएको बताउनुभएको छ ।
त्यस्तै उहाँले पाँचतल्ले मन्दिर जीर्णोद्धारको क्रममा लकडाउनले बर्षात् को समयमा थप क्षति हुने देखेर जनश्रमदानको आह्वान गर्दा कालिगड, डकर्मी, सिकर्मी, ज्यामी गरेर ४२०० भन्दा बढीले जनश्रमदान गर्दा अनुमानित खर्च भन्दा झण्डै आधा बजेटले सम्पन्नले जनताको त्यसमा अपनत्व हुनु नै ख्वप मोडेल बन्न सहयोग पुगेको बताउनुभएको छ । उहाँले विपत व्यवस्थापनको लागि नगरपालिकाले कर्मचारीहरूलाई आवश्यक दिएको तथा जनताको रोजगारी सिर्जनाका लागि सिलाईबुनाई, काष्ठकला, लोकल गाइड तथा कृषि सम्बन्धि विभिन्न तालिम समेत संचालन भैरहेको जानकारी समेत दिनुभएको छ । उक्त कार्यक्रममा मेयर प्रजापतिले दरबार स्क्वायरको उन्नसय चोकको उत्खननका भक्तपुर लायकुका भूकम्पले ढलिएका केही विद्यालय हालसम्म नि पुनःनिर्माण नहुनुमा राजनीतिक पूर्वाग्रह नभइ पुरानो शैलीमा निर्माण गरेर ऐतिहासिकता जोगाउने सम्बन्धित विद्यालयलाई आवश्यक सहयोग पनि गर्ने बताउनुभएको छ । नगरका सामुदायिक आधारभूत विद्यालय सुधारका लागि आवश्यक पुस्तकालय, भौतिक पूर्वाधार निर्माण तथा जिन्सी एवं स्टेसनरी सामान खरिद गर्न समेत सहयोग गर्ने भन्नुभएको छ ।
त्यस्तै उक्त परिचर्चा कार्यक्रममा सल्लाधारी तथा खँचा स्थित उपचार पोखरीको पुनःजीवन दिएर मृत खोलालाई जीवन्त दिलाउन प्रयास गरिरहेको भनेर जानकारी दिनुभएको छ । यी सबै योजना र कार्यक्रममा उपभोक्ता समिति अभियान नै ख्वप मोडेल भनेर अन्यले विश्लेषण गरेको भनी ख्वप मोडेलको परिचर्चा अन्त गर्नुभयो । कार्यक्रमको दोस्रो सत्रमा शिल्पी थियटरको अलिकति उज्यालो नामक मञ्चनसँगै आरम्भ पुस्तक प्रदर्शनी २०७८ समापन भएको छ ।