गुरुकुल शिक्षा पाठशालाको सहयोगार्थ मुलपानी महोत्सव सुरु


चैत २४, २०७८, बिहीबार | दिउँसो १२:०८ बजे | 50


गुरुकुल शिक्षा पाठशालाको सहयोगार्थ मुलपानी महोत्सव सुरु

काठमाडौं । राजधानीको मुलपानीमा बिहीबारदेखि प्रथम मुलपानी महोत्सव २०७८।०७९ सुरु भएको छ । श्री श्रृषेश्वर महादेव क्षेत्र परिसर संरक्षण समाज मुलपानीको आयोजनामा महोत्सव सुरु भएको हो ।  काठमाडौं मुलपानीको खुल्ला चौरमा महोत्सव सुरु भएको हो । महोत्सव चैत २४ गते बिहीबारदेखि बैशाख ५ गतेसम्म चल्ने जनाइएको छ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नं ६ मुलपानी चौर मुलपानी काठमाडौंमा मेला भएको हो ।

मेलाको प्राडा श्रृषिराम पोखरेलले एक भव्य समारोहवीच बिहीबार उदघाटन गरे । कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख कृष्णहरि थापाले महोत्सवले कागेश्वरी मनोहरा नगरपालिकाको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रम आयोजक श्री श्रृषेश्वर महादेव क्षेत्र परिसर संरक्षण समाज मुलपानीका अध्यक्ष ८० वर्षीय जग्गनाथ खनालले स्थानीय गुरुकुल शिक्षा पाठशालाको सहयोगार्थ मेला आयोजना गरिएको जनाए । कार्यक्रममा विभिन्न स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुले पनि आआफनो धारण राखेका थिए ।
[[img2]]
महोत्सवमा विभिन्न शुलभ मूल्यका उपभोग्य सामाग्रीहरुको व्यापारिक स्टलहरु, बालबालिकाहरुका लागि बाल उद्यानको व्यवस्था (रोटेपिंग, नाउ, ब्रके डान्स, मिकी माउस, डयागन, वाटर बोट आदि), विभिन्न खानाका स्टलहरु, आइसक्रिम, आइसमोलालगायतका थुप्रै परिकाहरुका साथमा कृषि उत्पादनका सामानहरु, स्थानीय कलाकारहरु तथा राष्टियस्तरका कलाकारहरुद्धारा भरपूर मनोरञ्जन गराइने जनाइएको छ । नववर्ष २०७९ को पावन अवसरमा विशेष साँंस्कृतिक कार्यक्रमका साथ मेला गरिएको जनाइएको छ ।

मेलामा सर्वसाधारणका लागि प्रतिव्यक्ति ५० टिकट दर राखिएको छ । विद्यार्थीका लागि रु ४० प्रतिव्यक्ति टिकट दर राखिएको छ । साथै अशक्त, अपांगका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । मेलामा कागेश्वरी, मनोहरा, बौद्ध, जोरपाटी, नरेफाँंट, चाँंगुनारायणलगायतका काठमाडौ, भक्तपुर, ललितपुरबाट लाखौ मानिस आउने विश्वास गरिएको छ ।

मेलाको व्यवस्थापन आईटी एण्ड सप्लायर्स ग्रुप प्रालिले गरेको हो । प्रालि एवं मेलाको व्यवस्थापक बलराम श्रेष्ठले मेलामा विशेष गरेर स्थानीय कृषि उत्पादनलाई वढावा दिएको जनाए । यसले स्थानीय कृषि उत्पादनको विक्रीवितरणमा मद्धत मिल्ने विश्वास उनले गरे ।
अर्का व्यवस्थापक संगम लामाले मेलाको विशेष आकर्षणको रुपमा २६ गते शनिबार चर्चित द एक्स व्याण्डबाट लाइभ कर्सन हुने बताए । साथसाथै दैनिक स्थानीय तथा राष्टिय कलाकारहरुबाट साँंगितिक कार्यक्रमहरु हुने लामाले बताए । पहिलो दिन बिहीबार पनि उदघाटन कार्यक्रमपछि साँंझ साँंगितिक कार्यृक्रम गरिएको थियो । कार्यक्रममा सयौं सहभागीहरुले भरपूर मनोरञ्जन लिएका थिए ।

फाेटाेमा हेर्नुहाेस्...

गुरुकुल शिक्षा पाठशालाको सहयोगार्थ मुलपानी महोत्सव सुरु

Comments