श्रमजीवी साकोसको २४ औं स्थापना दिवस एवं २०७९ सालको भित्तेपात्र सार्वजनिकरण र रक्तदान कार्यक्रम सम्पन्न


चैत २३, २०७८, बुधबार | दिउँसो १२:०८ बजे | 45


श्रमजीवी साकोसको २४ औं स्थापना दिवस एवं २०७९ सालको भित्तेपात्र सार्वजनिकरण र रक्तदान कार्यक्रम सम्पन्न

भक्तपुर, चैत्र २३ गते श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लि. २४ औं स्थापना दिवस एवं २०७९ सालको भित्तेपात्र सार्वजनिकरण कार्यक्रम संस्थाका संस्थापक सदस्य चन्द्रबहादुर बासीको प्रमुख आथ्यितामा सम्पन्न भयो ।
कार्यक्रममा अतिथि संस्थापक अध्यक्ष गणेशभक्त सितिखुले स्थापनाकालमा सामुहिक बचत सङ्कटमा उपयोग भन्ने मूल उदेश्यकासाथ सामुहिक पूँजी संकलन गरी हातमा सीप छ त्यस सीपलाई व्यवसायिक कार्यरुप दिन पूँजीको अभाव भएका पूँजीको लागि धित्तो राख्ने कुनै अचल सम्पति नभएका युवाहरुको व्यवसायिक कार्य सहजता प्रदान गर्ने उदेश्यले श्रमजीवी साकोस स्थापना गरी आज २४ औं वर्षमा प्रवेश गरेको जानकारी दिनुभयो । हाल सहकारी संस्थाले बचत तथा ऋणको कारोवार मात्र सिमित नभई सहकारी संस्थाले पनि उत्पादनमूलक र रोजगारमूलक क्षेत्रमा लगानी गर्नु पर्ने कुरालाई जोड दिनुभयो ।
कार्यक्रम संचालन संस्थाका सचिव जयराम लागेजु गरेको उक्र कार्यक्रममा उपाध्यक्ष गोविन्दराम त्वानाबासुले स्वागत मन्तब्य दिइ साकोसको अध्यक्ष विकुलाल सुवालको सभापत्विमा भएको कार्यक्रममा अध्यक्ष सुवालले वर्तमान अवस्थामा उपलब्ध भएका प्रविधिलाई संस्थाले अपनाउदै जाने जानकारी दिएको सो कार्यक्रममा संस्थाको समिति उप–समिति र संस्थापक सदस्यहरुको सहभागी रहेको थियो भन्ने संस्थाको युवा तथा समाज कल्यण उप–समितिको संयोजक लक्ष्मी नारायण कुसाथाको आयोजनामा संस्थाको परिसरमा रक्तादान कार्यक्रम पनि गरिएको थियो । उक्र रक्तादानमा महिला १० जान पुरुष २९ जान गरी जम्मा ३९ जनाले रक्तदान गरेको थियो ।

Comments