यी हुन् भक्तपुरको विस्का जात्राका हिरोहरु ?


चैत २३, २०७८, बुधबार | विहान ११:३९ बजे | 70


यी हुन् भक्तपुरको विस्का जात्राका हिरोहरु ?

भक्तपुर । भक्तपुरमा प्रत्येक वर्ष नयाँंवर्षको आगमनसँंगै विस्का जात्रा हुन्छ भनेर देश विदेशका सबैलाई अवगत नै छ । तर विस्का जात्राका लागि आवश्यक अग्लो भैरबनाथको रथ कसले बनाउँछ त ? कति जनाको समूहले मिलेर बनाइन्छ ? यस विषयमा भने अधिकांशलाई थाहा नहुन सक्छ ।
भैरवनाथको रथ अर्थात भैलखः भक्तपुरको मंगलाछें थूचोका प्रेमलाल शिल्पकारले (भैलनायो) को नेतृत्वमा बनाउने गर्दछ प्रत्येक वर्ष । भैलखः अग्रजहरु पहिलादेखि नै काम गदैै आएकोलाई लिएर बनाउर्दै आएको छ । भैलख बनाउको लागि चाहिने जनशक्ति मिलाउने काम शिल्पकारले गर्ने गर्दछ ।
शिल्पकारको भने यो पूख्यौली काम हो । उनको बाजे, बुबादेखि भैलखः बनाउँदै आएका हुन् । अहिले भने उनले भैलखः को काम सम्हाल्दै आएका छन् । उनले करिब ५० वर्षदेखि यो भैलेख बनाउदै आएका छन् ।
उनले भने, मैले ११ वर्षको उमेरदेखि भैलखः को काम गर्न सुरु गरेको थिए । बाजे बुवासंगै आउन्थे, भैलख बनाउँन आउने सम्झना गर्दै उनले भने । दुई वर्ष उनले विना ज्याला काम गरेका थिए । उनले त्यसपछि तेस्रो वर्षदेखि ज्यालामा काम गरेका थिए
उनी भन्छन्, मैले दिनको ६० पैसादेखि काम सुरु गरेको हुँ । गत वर्ष १५ सय दिएको थियो मलाई । यो वर्ष कति ज्याला दिने भन्ने निर्धारण नभएको उनी बताउँछन् । उनले भैलखः बनाउको लागि युवाहरु नभएको जानकारी गराए । अहिले भैलख बनाउनेहरुमा ४० कटेका व्यक्तिहरु रहेको उनले सुनाए ।
पुरानो काठको काम गर्नुपर्ने भएकाले हत्तपत्त सबैलाई काम गराउन गाह्रो भएको उनले सुनाए । पुरानो समानलाई नै मिलाएर गर्नुपर्छ, यो एकदम गाह्रो काम हो, उनले भने । गाह्रो भए पनि आफूले नै गर्नुपरेको छ । अरु कोही छैन । भैलखःको सबै काम जान्ने म मात्र छु, उनले भने ।

छोरोहरुले पनि खासै यस काममा चासो नदेखाएको उनी सुनाउँछन् । उनले आफू असंशक्त भएपछि पछि कस्ले भैलखः बनाउछ भन्ने चिन्ता व्यक्त गरे । भैलखः जो कोहीले बनाउन सक्दैन, उनले भने । किनभने भैलेखःमा वर्षनी नयाँ काठको बनाउने होइन् यो त पुराना काठलाई नै मिलाएर केही विग्रेका छन भने मात्र थपेर बनाउने हो थपे उनले । जोकोहीले बनाउँन नसकिने उनको बुझाई छ । साथै उनले अहिले भैलखःमा ६५ वर्ष पुरानो काठ पनि प्रयोग भइरहेको सुनाए । यो वर्ष भैलखः नाइके शिल्पकारले फागुन २ गतेदेखि काम सुरु गरेको छन् ।

[[img4]]
त्यस्तै भैलखः बनाउने काममा निरन्तर करिब ३० वर्षदेखि लालबहादुर तमखु पनि एक हुन् । उनले अहिले उनी ७५ वर्ष भइसकेको छन् । उनको पुर्खेली पेशा किसान भए पनि उनी भैलख बनाउने काममा संलग्न छन् । उनले आवश्यक काठहरु ओसारपसार गरिदिने, सामनहरुको मिलाई दिने र काम सकेपछि सबै समान मिलाएर स्टोरमा राख्ने काम गर्ने गरेको सुनाउँछन् । अरुबेला १० महिना खेतको काममा व्यस्त हुने र दुई महिला पुरा भैलखः बनाउनको लाग्ने उनी सुनाउँछन् । उनले भने, मलाई यो काम गर्न एकदम खुसी र गर्व लाग्छ । देवताको काम गर्न पाउँदा । साथै उनले हास्दैँ रमाइलो पनि अलिअलि खर्च पनि हुन्छ आफूलाई ।
त्यस्तै आशबहादुर लाखे भिसिंद्योले करिब ३ वर्षदेखि भैलखः बनाउने काममा निरन्तर दिइरहेको बताए । पुराना काठमा काम गर्नुपर्ने भएकोले गाह्रो नै काम भएको उनी बताउँछन् । तर  भैलखः बनाउने आफू संलग्न हुन पाउँदा खुसी व्यक्त गरे । यसपाली ६ जनाको समूहले भैलखःको काममा निरन्तरता दिएको हो ।
भैलेख पूर्ण रुपमा बनाउनको लागि शिल्पकार, चित्रकार, नकर्मी, मानन्धरलगायतका योगदाा आवश्य पर्दछ । शिल्पकारले भैलखको बनाउने काम गर्दछ । चित्रकारले त्यसमा गरिने रंगरोगनको काम गर्ने र नकर्मीले भैलखःको छठको काम गर्छ । मान्नधरले अन्तिम दिन डोरी तान्नको लागि भैलखमा डोरी बाध्ने काम गर्छ ।

के हो भैलख ?
भैलख भक्तपुरका विस्का जात्राको मुख्य आकर्षण हो । यो काठैकाठै काठले बनेको प्यागोडा शैलिको मन्दिर हो । तीनतल्लाको यो मन्दिर करिव तीस फिट अग्लो रहेको हुन्छ । भैलखमा काठकै पाँंग्रा राखेको हुन्छ । यसलाई विस्काको पहिलो दिन र अन्तिम दिन भक्तपुरको पाँंचतल्ले मन्दिरमा राखेर दुवैतिर डोरीले तानातान गरिन्छ । दुवैतिर सयौं मानिसहरु ६ छ वटा डोरी राखेर दुवैतिर तानातान गरिन्छ । जात्रा हेर्न नगरका बाटोभरि हजारौको भीड लाग्छ । (हेर्नुहोस फोटो) यही रथ तानेर सुरु हुने भक्तपुरको विस्का यही रथ तान्ने क्रमको अन्तसँंगै जात्रा अन्त हुन्छ । यहाँंको यो जात्रा आठ रात नौ दिन सञ्चालन हुन्छ ।
[[img3]]
कहाँ बनाइन्छ भैलख ः
भैरवनाथको रथ भक्तपुरको मुटु टौमढी टोलस्थित प्रसिद्ध ङातापोल्हँ (पाँचतल्ले) मन्दिरको छेउमा रथ निर्माण गरिन्छ। यो रथ करिब ३० फिट अग्लो ३ तले प्यागोडा शैलीको हुन्छ । यसका ४ वटा पाङग्रा करिब १० फिट अग्ला हुन्छन् । यो काठैकाठबाट बनाएको हुन्छ ।

कहिलेदेखि सुरु हुन्छ ?
यो जात्रा नयाँ वर्ष को ४ दिन अगाडि र ४ दिन पछाडि गरेर आठ रात नौ दिन मनाउन प्रचलन छ। यो जात्रा सुरु भैरवनाथको रथ तानेर सुरु हुन्छ भने समापन पनि यहि भैरवनाथको रथ तान्नेर गरिन्छ ।
यो वर्ष रथ भैलखः २७ गते तानिने भएको छ। चैत्र महिनामा ३० गतेसम्म छ भने २७ गते रथ तान्निछ, ३१ को महिना छ भने २८ गते रथ तान्ने चलन छ।
जात्राको पहिलो दिनलाई द्यो क्वबिज्याइगु भन्निछ। जसको नेपाली अर्थ देउता तल सवारी हुने हो। भक्तपुर नगरको विच भागमा रहेको टौमढी ङातापोल्हँ (पाँचतल्ले) मन्दिर अगाडि राखेर बनाइको रथलाई तल्लो भागतिर लाने भएकोले जात्राको पहिलो दिनलाई देवता तल सवारी हुने भनिएको हो। यो दिन रथमा तलपट्टिको साइतमा ६ वटा डोरी राखिएका हुन्छन् र मथिल्लो साइतमा ४ ओटा मात्र डोरी राखेर यो रथ तान्निछ स्थानीयले तान्ने परम्परा छ। पहिलो दिन रथलाई तल पट्टि लानुपर्ने भएकोले पहिलो दिन पूर्व साइतमा बढी डोरी राखिएको हुन्छ। रथलाई मिलाएर तान्नुपर्ने भएकाले दुबै साइतमा डोरी राखिएको हुन्छ।

के के प्रयोग हुन्छ रथ बनाउदा
भैरवनाथको रथ तीन तल्लेको हुन्छ । विस्केट जात्रा (विस्का जात्रा) को पहिलो आर्कषण भैरवनाथको रथ काठैकाठले बनाउने परम्परा रहेको भक्तपुरका रामेश्वर गाईजू (थर) ले बताए । उनले भने, यो विस्केट जात्रा (विस्का जात्रा)मा तान्ने रथमा कुनै पनि धातु प्रयोग हुदैन । यो रथ बनाउदा कुनै पनि ठाउँमा किलो थोक्ने चलन छैन् ।  भैरवनाथको रथ बनाउदा पहिला पहिलाको परम्परागत किसिमले काठलाई एकआपसमा जोडिने गरी बनाउने उनले सुनाए ।

किन विग्रान्छ
सिकर्मी प्रेम शिल्पकारले विस्का जात्रा (विस्का जात्रा)को भैरवनाथ छिटो विग्रनुको कारण  धेरै जात्रालुहरु भैरवनाथको रथमा बस्नु हो। उनले  रथमा  करिव १४ जना जति मात्र बस्नुपर्ने बुझाए। ३ जना पुजारी, दुई जना अगाडिको देउतासंगै, दुई जना पछाडिको देउता हाक्ने ठाउँमा र दूई –दुई जना भैरवनाथको रथको पाग्रालाई घच्यारर्न बसिन्छ उनले भने। तर अहिले युवाहरु धेरै उत्श्रृंखल भएर भैरवको रथमा बस्ने गरेको उनले बताए। उनले यसैकारणले रथ विग्रिने गरेको बताए । त्यसकारण सबै जात्रा प्रेमीहरुलाई उत्सििंखल नभई राम्रोसंग शान्तिपूर्वक जात्रा मनाउन आग्रह गरे।

कति दिन चल्छ जात्रा
विस्का जात्रा आठ रात नौ दिनसम्म मनाउने परम्परा चलिआएको छ। यो जात्रा हेर्न भक्तपुर, काठमाडौं काभे्रलगायतका जात्रालु हेर्न आउने गर्दछन्। जात्राका आकर्षणहरुमा भैरबनाथको रथ तान्नु रहेको छ। साथसाथै ५५ हात लामो लिङ्गो तान्नु र ढाल्नु रहेको छ । जात्राको क्रममा प्रत्येक वर्ष चैत मसान्तमा भेलुखेलमा लिंगो उठाउने र वेशाख १ गते ढाल्ने गरिन्छ। तस्वीरहरु छन् ।

फाेटाेमा हेर्नुहाेस्...

यी हुन् भक्तपुरको विस्का जात्राका हिरोहरु ?
यी हुन् भक्तपुरको विस्का जात्राका हिरोहरु ?

Comments