समय साकोसको कालिन्चोक अध्ययन भ्रमण सम्पन्न
चैत २३, २०७८, बुधबार | विहान ०९:१७ बजे | 70
लक्ष्मीप्रसाद गाईजू
भक्तपुर । समय साकोसले मिलिजुली कालिन्चोक बचत तथा श्रृण सहकारी संस्था चरिकोटमा संस्थागत अध्ययन भ्रमण सम्पन्न गरेको छ ।
संस्थाका अध्यक्ष श्यामसुन्दर बेकाजूले सहरकारीमा जिम्मेबारी पदमा रहेर काम गरिरहेका सदस्यहरुलाई यो भ्रमण फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । यस भ्रमणले सदस्यहरुमा सहकारीको नीति नियम कार्यविधिको प्रयोगबारे जानकारी हुने उहाँंले बताउनुभयो ।
मिलिजुली साकोसका सहायक व्यवस्थापक रमेश सापकोटाले सहकारी ज्ञान साटासाट गर्न पाएको खुशी व्यक्त गर्नुभयो । संस्थाका श्रृण अधिकृत राजन श्रेष्ठले प्रोजेक्टरबाट स्लाइड सो गरेर सहकारी कार्यविवरण प्रस्तुत गर्नुभयो । संस्थाका निवर्तमान अध्यक्ष बाबुकाजी गाईजू, चन्द्रकृष्ण ग्वाछा, लक्ष्मीप्रसाद गाईजू, विक्रम ढुकुछू, लक्ष्मीप्रसाद छुस्याबागलगायतले आआफनो धारणा राख्नुभएको थियो ।