मेरो टेम्पयो उडयो भने जापान उडाइदिन्छु भन्ने प्रकारको घोषणापत्र आउँंछ : ओली


चैत २३, २०७८, बुधबार | विहान ०८:३६ बजे | 195


मेरो टेम्पयो उडयो भने जापान उडाइदिन्छु भन्ने प्रकारको घोषणापत्र आउँंछ : ओली

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले
मेरो टेम्पयो उडयो भने तपाईलाई जापान उडाइदिन्छु भन्ने प्रकारको हुनै नसकिने बकम्फुसे घोषणापत्र आउने र त्यसमा सचेत हुने मतदाताहरुलाई आह्वान गरेका छन् । घरघरमा ग्यासको चुलो, पानीजहाजलगायतका विकास हुन्छ भनेर आलोचना खेपिरहेको ओलीले स्थानीय निकायको निर्वाचनमा विपक्षी दलहरुले यस्तो हुनै नसक्नै आश्वासनको पोकोसहितको घोषणापत्र ल्याउने र त्यस्ता घोषणापत्रमा नझुक्किन मतदाताहरुसँंग आग्रह गरे । अरुको घोषणापत्र यसरी आउँंदैछ, उनले भने, जवकि न ट्याम्पो उड्छ न त जापान नै जान पाइन्छ ।
फरक प्रसंगमा उनले अहिलेको गठनबन्धन कुहिएको र अव झर्न मात्रै बाँंकी भएको उनले बताए । गठनबन्धन कुहिसकेकाले अव गठनबन्धन रुखबाट कुहिएको फल झरेजस्तै झर्ने दावी गरे ।
भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ८ सिपाडोलस्थित शान्ति निकेतन माविको भबनको बुधबार उदघाटन तथा हस्तान्तरण कार्यक्रममा उनले जसरी फल कुहिनेवितिकै झर्दैन र केही समय लाग्छ, यो गठनबन्धनको हालत पनि यस्तै भइसकेको बताए । उनले अव कुहिएको फल छुटन थालेसँंगै गठबन्धन पनि छुटन थाल्ने दावी गरे । स्थानीय तहको निर्वाचनमा संयुक्त उम्मेदबारी दिने बेलामा गठबन्धन टुटने उनको आशय थियो ।  
उनले अवको निर्वाचनपछि विकासको लहर सुरु हुने बताए । चुनावपछि एमालेको विजयी हुने र त्यसपछि शिक्षा, स्वास्थ्य सवैमा विकासको लहर चल्ने उनको भनाई थियो ।
विद्यार्थीलाई देशभक्तिबारे अहिले नै सिकाउनुपर्ने आवश्यकता उनले औंल्याए ।

Comments