एभरेष्ट स्कुलका विद्यार्थीलाई एसइइ तयारीबारे परामर्श


चैत २२, २०७८, मङ्गलबार | विहान ११:५५ बजे | 15


एभरेष्ट स्कुलका विद्यार्थीलाई एसइइ तयारीबारे परामर्श

भक्तपुर । एभरेष्ट इगशिल स्कुल मिवाछें व्यासी भक्तपुरबाट एसइइ दिने प्रतिक्षामा रहेका विद्यार्थीलाई मंगलबार परामर्श दिइएको छ । शिक्षाविद् नारायणप्रसाद झाले विद्यार्थीलाई एसइइ परीक्षामा गर्नुपर्ने तयारीबारे परामर्श दिएका हुन् । आगन्तुक विशेषज्ञका रुपमा बोलाइएका झाले एसइइको महत्व, त्यसको मूल्यमान्यताबारेमा पनि विद्यार्थीलाई जानकारी गराएका थिए ।
ओरेन्टेशन प्रोग्राम अन एसइइ प्रिपरेशन विषयमा भएको परामर्शमा विशेषज्ञ झाले एसइइको तयारीका क्रममा आउने समस्या र समाधानका विषयमा पनि विद्यार्थीलाई जानकारी गराएका थिए । साथै उनले एसइइको तयारीमा रहेका विद्यार्थीका जिज्ञासाको पनि सम्वोधन गरेका थिए । कार्यक्रममा स्कुलबाट एसइइ दिने तयारीमा रहेका कक्षा १० का एक सय १६ जना विद्यार्थी सहभागी रहेका थिए ।

Comments