विश्व कीर्तिमानी सगरमाथा आरोही कल्पना महर्जन इलामको भिरमहमा चट्टान आरोहण तालिम गराउँदै
चैत २२, २०७८, मङ्गलबार | विहान ०४:४९ बजे | 15
काठमाडौ । पर्यटकीय नगरपालिका देशका पुराना नगरपालिकामध्ये एक हो । इलाम नगरपालिका १७३.३२ वर्ग कि.मी क्षेत्रमा फैलिएको छ । ऐतिहासिक, सांँस्कृतिक सम्पादहरुको साथै भाौगोलिक विविधता रहेको यो नगर साहसिक खेलको लागि पनि उत्तिकै महत्व रहेको छ । साहसिक खेलको माध्यमबाट पर्यटक आकर्षण गर्ने उद्देश्यका साथ इलाम नगरपालिकाको वडा नं. ८ मा रेहको चट्टान आरोहणमा १ हप्ताको प्रारम्भिक तालिम संचालन भइरहेको छ ।
तालिमको लागि काठमााडौंबाट विश्व कीर्तिमानी सगरमाथा आरोही कल्पना महर्जन तालिम लिएर इलाम पुगेको छ । कल्पना महर्जनको साथमा प्रशिक्षक मनिषा बुडामगर र सुसान्त ढुंगेल रहेका छन् ।
तालिमको आयोजना याम बहादुर (कमल) फाएडेशन इलामले आयोजना गरेको छ भने इलाम नगरपालिकाले सहयोग गरेको हो । इलामका विभिन्न ठाउँका १० जना युवाहरुले यो तालिममा सहभागि भएका छन् ।
एक हप्ताको प्रारम्भिक तालिम पश्चात केचना कंचनजंघा पर्यटन तथा चलचित्र महोत्सवमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई यहाँ चट्टान आरोहण गराउने उद्देश्य रहेको छ । यस तालिममा सहभागिहरुलाई विस्तारै थप चट्टान आरोहण तालिम दिदै इलाम नगरपालिकामा साहसिक पर्यटकहरुलाई आकर्षित गर्दै चट्टान आरोहणको लागि पनि इलाम एउटा उत्कृष्ट गन्तब्यको रुपमा विकाश गर्ने प्रारम्भिक कार्यको थालनी समेत भएको छ ।