गठबन्धनको उपलब्धि सरकार बनाउनुमात्र होइन ः गृहमन्त्री खाँण
चैत २१, २०७८, सोमबार | दिउँसो ०२:४० बजे | 30
बिराज अधिकारी
दमौली तनहुँ
गृहमन्त्री बालकृष्ण खाँणले मुलुकको दीर्घशान्तिको लागि गठबन्धन आवश्यक रहेको बताएका छन्। तनहुँ उद्योग वाणिज्य सङ्घले आयोजना गरेको आठौँ तनहुँ महोत्सवको समापन कार्यक्रमलाई सम्बोधन गर्दै खाँणले गठबन्धनको उपलब्धि सरकार बनाउनुमात्र नभएर मुलुकमा थिति बसाउन आवश्यक रहेको बताएका हुन् ।
स्थानीय चुनावमा आवश्यकताका आधारमा गठबन्धन गर्नुपर्ने खाँडको भनाइ छ । गठबन्धन भन्दा बाहिर नेपाली काङ्ग्रेस नरहेको भन्दै खाँडले गठवन्धन का साथीहरू लाई यहि सोच बनाउन आग्रह गरे ।
गृहमन्त्री खाड्ले महोत्सवले स्थानीय स्तरबाट उत्पादित कृषि उपजका वस्तु हरुले बजार पाउँदा जिल्लाको अर्थतन्त्र थप मजबुत भएको प्रति खुसी ब्याक्त गरे।
एमसिसि परियोजना अनुदानकारुपमा नेपाल भित्रीएको र नेपालको गरिबी निवारण गर्नकालागि महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने र बेरोजगारी समस्या समाधान गराउन सहयोग हुने बताए ।
अमेरिकी अनुदान एमसिसि ऋणका रुपमा नभै उपहारकारुपमा भएको बताउदै केही अराजक तत्वहरुले कपोलकल्पित र भ्रामक सन्देश फैलाएको प्रति आपति प्रकट गरे।
आदिकवि भानुभक्त तथा व्यासका बारेमा चर्चा गर्दै खाँणले महारथिहरूको भूमि रहेको तनहुँ पवित्र भुमि रहेको बताए । दमौलीमा केही समय अगाडि भएको आगलागिमा भएको नोक्सानका बारेमा सरकारले गम्भीरतापूर्वक लिएको र पुनर्निर्माण गर्न राज्यकोषबाट सहयोग गर्ने खाँणले जानकारी दिए ।
कार्यक्रममा जलस्रोत तथा खानेपानी मन्त्री उमाकान्त चौधरि , नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारी , ध्रुव वाग्ले , राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने , प्रकाश पन्त , कलिला खान , प्रदेश मन्त्री दोवाटे विक , प्रदेश सभा सदस्य सरिता गुरूङ , उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठ , जिल्ला समन्वयका सभापति शान्तिरमण वाग्ले , पविन्द्र कुमार श्रेष्ठ , मानकाजि श्रेष्ठ , सुवोध अधिकारी लगायतले मन्तब्य राखेका थिए ।