अवैध प्लटिंगबाट कहिलेसम्म अनाहकमा ज्यान गुमाउन दिइरहने ?


चैत २१, २०७८, सोमबार | विहान ०५:३५ बजे | 160


अवैध प्लटिंगबाट कहिलेसम्म अनाहकमा ज्यान गुमाउन दिइरहने ?

भक्तपुर । शुक्रबार मात्र भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ ताथलीको नालाछापमा चम्पा श्रेष्ठले गर्दै आएको अबैध प्लटिंगमा दुई जना कामदारको मृत्यु भयो । काभ्रेको रोसी गाउँपालिका ५ का चतुरसिङ लामा र चौरी देउराली गाउँपालिकाका वसमान तामाङको ज्यान गएको थियो । साथै उनीहरुसँंगै काम गर्दै गरेका अर्का गजब लामा भने आदि मात्र पुरिएकाले अनाहकमा मृत्यु हुनुबाट जोगिएका थिए ।

घटनापछि चतुरसिंहका श्रीमती, १२ वर्षीय छोरा अजय र आठ बर्षीया छोरी अभिसाप वेसहारा बनेका छन् । यता बसमानको आमा पनि एक्ली बनेकी छिन् । अवैध रुपमा सञ्चालित यस्ता दुर्घटना यो पहिलो भने होइन, यस्ता घटना बारम्वार भइरहन्छन् भक्तपुरमा । अझ विशेष चाँंगुनाराण नगरपालिका क्षेत्रमा । किनकि यहांँ सवैतिर यस्ता अवैध प्लटिंग भइरहेका छन् । यही कारण निर्दोष मजदुर श्रमिकहरुले निरन्तर ज्यान गुमाउन विवश भइरहेका छन् ।
अबैध भएको थाहा भएर पनि केही गर्न सकेका छैनन् सम्बन्धित निकायले । प्लटिंगको अनुगमन गर्ने जिल्ला आयुक्तको कार्यालय भक्तपुरका सूचना अधिकारी गणेशराम कोजुलाई यसकोबारे समाचारमार्फत मात्र थाहा भएको बताए । आधिकारिक केही सुचना नभएको उनले जानकारी दिए । अबैध भनेर थाहा भएर पनि आफूूहरुले केही गर्न नसक्ने उनको भनाई छ ।
[[img2]]
अनाहकमा मृत्युवरण गर्नुपरेपछि शनिबार साझँमात्रै मृत्यु भएका दुई जना व्यक्तिहरुको लास उठाइएको छ । दुर्घटना शुक्रबार साँंझ चार बजे नै भए पनि शनिबार साँंझ चार बजेसम्म लाश उठाइएको थिएन । माटोको ढिस्कोले पुरेर मृत्यु भएका दुई जना उनीहरुको लास शनिबार ५ बजे उठाएको थियो । घटनाको झण्डै २५ घण्टामा लाश उठाइएको थियो ।
मृतक चतुरसिंह लामाका भान्जी सुमिना लामाले यस्ता अवैध प्लटिंगको कारण आफना फुफुजस्ता गरिव मानिसले कहिलेसम्म ज्यान दिइरहनुपर्ने भनी प्रश्न गरिन् । उनले चतुरसिंह करिब ५–६ दिनदेखि यहाँ काम गर्न आएको जानकारी गराइन् । उनको श्रीमती, एक छोरा र एक छोरी रहेको उनले बताइन् ।
स्थानीयका अनुसार लगाइसकेको पर्खाल फेरी भत्काएर अर्को फेरी पर्खाल लगाउने क्रममा सो घट्ना घटेको हो । साथै प्लानिङ कुनै पनि सिफारिस विना भइरहेको उनीहरुले जनाए । करिब ३ वर्षदेखि प्लटिंग भइरहेको स्थानीय बताउँछन् । घटनाको क्रममा सोही प्लटिंगमा ६ जना काम गर्ने गरेको स्थानीयले बताएका छन् ।
[[img3]]
घटना भएपछि स्थानीय तथा पीडितले क्षतिपूर्तिको मागसहित आन्दोलन गरिरहेका थिए । घटनापछि प्लानिङ गर्ने चम्पा श्रेष्ठ सम्पर्कबिहीन भएकी थिइन् । लामो प्रयासपछि उनीहरु सम्पर्कमा ल्याइएको थियो । सम्पर्कमा आएपछि वार्ता भएको थियो । वार्ता घटनास्थल नजिकैको भक्तपुरको चागुनारायण नगरपालिका वडा नम्बर ९ को कार्यालयमा भएको थियो ।
चाँगुनारायण नगरपालिका वडा नं ९ का  वडाअध्यक्ष गणेश त्यातले पीडित परिवारलाई १५–१५ लाख क्षतिपूर्ति दिनेमा सहमति भएको बताए । प्रत्येक मृतकको परिवारलाई १५–१५ लाख क्षतिपूर्ति दिनेमा सहमति भएको उनले बताए । अबैध प्लटिंगमा भएको कारण सो कार्य रोक्न तथा कार्वाहीको माग राखेको उनले जानकारी गराए । वडामा आफूले निरन्तर प्लटिंगको विरोधमा काम गरिरहेको उनले जनाए ।
चाँगुनारायण नगरपालिकाका सबै वडाहरुमा अबैध प्लटिङ्ग भइरहेको देखिन्छ जताजतै । नगरपालिकाको वडा नं १ देखि वडा नं ९ सम्म नै जताततै अवैध प्लटिङ्गका काम भइरहेका घाम जस्तै छर्लग देखिन्छ । तर नगरपालिकालाई भने कुनै पनि प्लटिङ्गलाई स्वीकृति नदिएको बताउँछन् । चाँगुनारायण नगरपालिकामा मात्रै ८० स्थानमा १ सय ५६ ओटा प्लटिङ्ग अबैध रुपमा भइरहेको तथ्यांक छ । तर नगरपालिकालाई भने कुनै पनि प्लटिङ्गलाई स्वीकृति नदिएको बताउँछन् ।
चाँगुनारायण नगरपालिका सबैभन्दा बढी प्लटिङ्ग भएको वडा नम्बर १ हो । त्यहाँं १५ स्थानमा ३१ वटा अबैध प्लटिङ्ग भइरहेको तथ्यांक छ ।  सबैभन्दा कम २ वडामा २ स्थानमा प्लटिङ्ग भइरहेको छ । त्यस्तै क्रमशः ३ वडामा १२ स्थानमा १२ ओटा, ४ वडामा १० स्थानमा २४ ओटा,  ५ वडामा ५ स्थानमा ११ ओटा, ६ वडामा २ स्थानमा ७ ओटा, ७ वडामा १२ स्थानमा २१ ओटा, ८ वडामा १३ स्थानमा २६ ओटा र ९ वडामा ९ स्थानमा २२ ओटा प्लटिङ्ग भइरहेका छन् ।

फाेटाेमा हेर्नुहाेस्...

अवैध प्लटिंगबाट कहिलेसम्म अनाहकमा ज्यान गुमाउन दिइरहने ?
अवैध प्लटिंगबाट कहिलेसम्म अनाहकमा ज्यान गुमाउन दिइरहने ?

Comments