पारागन एकेडेमीको वार्षिकोत्सव कार्यक्रम सम्पन्न


चैत २०, २०७८, आइतबार | दिउँसो ०३:५७ बजे | 15


पारागन एकेडेमीको वार्षिकोत्सव कार्यक्रम सम्पन्न

बिन्दु घिमिरे
भक्तपुर । पारागन एकेडेमी भक्तपुरको आयोजनामा आइतवार वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि एवम नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले देश र जनता स्वावलम्बी हुन नसक्दा बाहिर देशमा जुनै समस्या हुदाँ पनि त्यसको असर हामीले व्यवहर्नुपर्ने बताउनुभयो । युक्रेन र रुसको युध्दका कारण खाने तेललगायत इन्धनका सबै कुरामा मूल्यबृद्धि हुदाँ सर्वसाधारण जनताले दैनिक जीवन चलाउन पनि निकै मुस्किल भएको जानकारी उहाँंले गराउनुभयो । शिक्षा जीवनको दैनिक ब्यहारमा मेल खाएमा मात्र शिक्षाको औचित्य रहने धारणा पनि उहाँंले व्यक्त गर्नुभयो ।
विद्यालयका प्रिन्सिपल पुन्यराम कवांले वार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो । कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभाबलाई स्वागत सहायक प्रिन्सिपल राजेन्द्र फोजूले गर्नुभएको थियो । व्यवस्थापक रत्नवीर किसीले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
शिक्षक र विद्यार्थीको राम्रो परिचालनले गर्दा कार्यक्रम सभ्य र भब्य तरिकाले समापन भएको थियो । कार्यक्रममा विभिन्न विधामा अभिभावक , विद्यार्थी र शिक्षकलाई सम्मान गरिएको थियो । अतिथिहरुको रोचक र समय सान्दर्भिक मन्तव्य र रमाइलो सांस्कृतिक कार्यक्रमले गर्दा हर्ष र उल्लासका साथ विद्यालयको २० औं वार्षिकोत्सव कार्यक्रम समापन भएको थियो ।


Comments