नेपाल इन्जिनियरिङ कलेज स्वतन्त्र कर्मचारी संगठन गठन
चैत २०, २०७८, आइतबार | दिउँसो ०२:३७ बजे | 40
भक्तपुर । नेपाल इन्जिनियरिङ कलेज स्वतन्त्र कर्मचारी संगठन गठन गरिएको छ । कर्मचारीहरुको भेलाबाट मनोहर खनालको संयोजकत्वमा ११ सदस्यीय तदर्थ समिति गठन गरिएको हो ।
समितिको सहसंयोजकमा सन्तुराम वस्नेत, सचिवमा लोचन न्यौपाने र कोषाध्यक्षमा गंगा नेपाल (न्यौपाने) रहेका छन् । सदस्यहरुमा श्रषिराम न्यौपाने, सत्यप्रसाद खनाल, बाबुकृष्ण खनाल, गौबद्र्धन न्यौपाने, प्रमिला पौडेल, मनोज गौतम र भरत सुनुवार रहेका छन् ।
कलेजका संस्थापक अध्यक्ष दीपक भट्टराईलाई साक्षी राखेर कलेजलाई संस्थागत बनाउने जिम्मेवारी पूरा गर्न यो संगठन गठन गरिएको जनाइएको छ । संगठनले जस्तोसुकै जटिल मोडमा पनि कलेललाई संस्थागत बनाउने संयोजक मनोहर खनालले बताउनुभयो ।
सगठनलाई बैधानिक रुपमा दर्ता गरी अगाडि बढ्ने जनाइएको छ । त्यसको लागि आवश्यक सम्पूर्ण काम गर्ने जिम्मा संगठनका संयोजक खनाललाई दिइएको जनाइएको छ । त्यस अनुसार संगठनलाई चाँडो भन्दा चाँडो दर्ता गरी अगाडि बढ्ने योजना राखिएको छ । संगठन निर्माणबारे कलेजका प्राचार्य प्राडा हरिकृष्ण श्रेष्ठलाई जानकारी पत्र हस्तान्तरण गरिएको छ ।