किन गर्छन् दल परिवर्तन ?
चैत २०, २०७८, आइतबार | विहान ०६:०९ बजे | 60
डा राजेन्द्र कोजू
२०४६ सालको जनआन्दोलनको बलमा नेपालमा वहुदलीय प्रजातन्त्रको पूनस्थापना पश्चात दलहरु खुल्ने क्रम बढेको हो । राजनीतिक स्वतन्त्रता र खुला राजनीतिको मौका छोप्दै विभिन्न वीचार, सिद्धान्त र आस्थाका आधारमा दलहरु खुल्न थाले । त्यस भन्दा अगाडि दलहरुप्रतिवन्धित अवस्थामा पनि भूमिगत रुपमा काँग्रेस र कम्युनिष्टहरु प्रतिवधित अवस्थामा पनि आ–आफ्नो आस्थाका आधारमा पार्टी गतिविधि र राजनितिक गतिविधि जारी रहेको थियो । वहुदल प्राप्ति पछि खुला राजनितिको वातावरण बन्यो ।वाक स्वतन्त्रता, प्रेस स्वतन्त्रता, र विभिन्न आस्था वीचारका आधारमा दल खोल्ने र दलमा अनुवन्धित हुन पाउने अधिकारको प्रयोग गरी दलहरु खुले । एक अर्काको विरोध र समर्थनमा जनमत विभाजित भए । यसरी नै सूचनाको हक प्रयोग गरी राज्यका सबै निकाय र पार्टीको पक्ष र विपक्षमा सँचार जगतमा छरपष्ट सूचनाहरुको सम्प्रेषित भए । जनताहरु सचेत हुँदै गए । स्वतन्त्रताको व्यापक प्रयोग भए । राज्यको सार्वभौम अधिकार जनतामा पुग्यो तर जनताको नाममा जननिर्वाचित व्यक्ति र दलवाट सार्वभौम अधिकार प्रयोग हुन थाल्यो । जनता पूर्ण रुपमा सचेत नभएको र राजनीतिक सचेतना नपुगेको अवस्था विद्यमान रहेका कारण खराव नियत भएका नेता, कार्यकर्ता र पार्टीले जनताको चहाना अनुरुप भन्दा पनि व्यक्तिगत र दलीय स्वार्थवाट प्ररित भई निर्णयहरु गर्न थाले । संसदीय व्यवस्थाको र वहुदलीय व्यवस्थाको बदनाम हुन पुग्यो । जनताले संसादलाई खुसीको टाउको झुण्ड्याएर कुकुरको मासु बेच्ने थलोको रुपमा बुझन थाले । योवदनाम राजनीतिका वीच संसदयि व्यवस्थावाट आफूले चाहेकाmेपरिवर्तन सम्भव नहुने ठोकुवा गर्दै दीर्घकालीन जनयुद्धप्रारम्भ भयो । २०४६ सालको जनआन्दोलनले सहर बजारमा केन्दि«त थियो । जनताको चेतनास्तर व्यापक रुपमा नउठ्दै सहर केन्दि«त विदहक बलमा तातकालीन पंचायति व्यवस्था ढल्यो । यसले राजनीतिक व्यपस्थामा परिवर्तन त ल्यायो तर जनताको अवस्थामा खास परिवर्तन ल्याउन सकेन । समाजका विद्यमान विभिन्न अव्यवस्था, विसंगत, अवस्था, विभेद, कुसंस्कार, सामाजिक र साँस्कृतिक रुपान्तरण हुन सकेन । अर्को भाषामा भन्नुपर्दा समाजमा अर्धसामन्ति व्यवस्था कायम नै रहयो । यसले संसदीय व्यवस्थाको विरुद्धमा उभिएर जनयुद्ध मार्फत जनसत्ता कायम गर्न होमिएका माओवादीहरुका लागि राम्रो राजनीतिक मसला बन्यो । फलत ः यो विद«ोहविस्तारै जनविदोहमा बदलियो । १० वर्ष वीचमा यसले एउटा उचाई ग्रहन गर्यो । राज्य सत्ता र विद«ोही सत्ता वीच वार्ता , सहमति र सम्झौता हुँदै गणतन्त्र सम्मको वाटो तय भयो । आज नेपालमा सघीयव्यवस्था सहितको गणतन्त्रात्मक व्यवस्था कायम भएको छ । संसदवादी दललाई समेतघिसोदै गणतन्त्रको वाटोमा ल्याइपुयाएको छ । नेपालमा राजनीतिक सावित भएको छ । तर हाम्रौ भूमिमा हाम्रा नेता मार्फत हामी जनताको प्रयोग गरी विदेशीले प्रयोगशाला बनाएको तथ्य घाम जतिकै स्पष्ट भएको छ । तसर्थ, नेपालको राजनीतिक परिवर्तन सधैं निराकार रुपमै टुहिएको हो । सबै राजनीतिक उपलव्धि सजिलै प्राप्त हुन्छ र सजिलै गुमाएको पनि हामी देख्छौं । तर, यति भन्दै गर्दा पछिल्लो राजनीतिक परिवर्तन भने दश वर्षे जनयुद्ध र ०६२÷०६३ को जनआन्दोलनको बलमा व्यापक जनसहभागिता, जनपरिचालन र सचेतनाका साथ आएको मान्नुपर्छ । यो पार्टी परिवर्तनको मौसम हो । सामाजिक सञ्जालमा छयाप् छयाप्ति सूचनाहरु र समाचारहरु आउने गरेको छ । त्यसो त, हरेक पार्टीले आफ्नो संगठनमा संगठित कार्यकर्ता बढाउने दौड चलेको छ । हुन त, नेपालमा दलीय व्यवस्था छ । कुनै एउटा दलमा आवद्ध हुनु वा आस्था व्यक्त गर्नु नौलो कुरा भएन् । तर, हिजो आज पार्टी प्रवेश प्रचारमा आउने, विज्ञापन गर्ने र दम्फू बजाउने मेलो भएको छ । सबै मतदाता नै संगठित पार्टी सदस्य हो कि जस्तो भान हुने गरी प्रत्येक दिन प्रत्येक पार्टीमा प्रवेशको समाचार आईरहन्छन् । पार्टी परिवर्तनको चर्चा पनि त्यति नै व्यापक छ । अझ अचम्मको कुरा त के छ भन ेसामान्य नेता कार्यकतर्चा मात्र होइन, स्थापित नेताहरु कैलर्को लागेर पार्टी परिवर्तन गर्न पुग्छन् । यस्तो हुँदा यो किन र के का लागि हुँदैछ भने र गम्भिर प्रश्न उब्जिन्छ नै । किन गर्छन् त पार्टी परिवर्तन ? यस्को एक अध्ययन यहाँ प्रस्तुत छ ।
१.सहायक नेताहरु वीच असन्तुष्टि ः
प्रत्येक पार्टीमा सहायक नेताहरु अर्थात दोस्रो तहका नेताहरु वीच मूख्य नेतासंग को नजिकिने र कसले लाभको पद पड्काउन सफल हुने भने कुरामा प्रतिस्पर्धा हुने गर्दछन् । तिनीहरु वीच मूख्य नेताले सन्तुलन मिलाउन नसक्दा वाअसन्तुष्टिको सम्वोधन गर्न नसक्दा सहायक नेताहरुले पार्टी परिवर्तन गर्ने गर्दछन् ।
२. सैद्धान्तिक विचलन र असन्तुष्टि ः
स्वार्थ वा पैसाको प्रभावमा पारेर मूख्य नेताहरुले कोही अन्य नेताहरु संग समन्वय सल्लाह र परामर्श नगरी निर्णय गर्दछन् । यस्ता निर्णय प्रति समकक्षी वा सहायक नेताहरुकोविरोध वा असन्तुष्टि हुन्छन् । कालान्तरमा यस्तै प्रवृति पार्टी विभाजन वा परिर्वनको कारक बन्न पुग्छन् ।
३.मूख्य नेता र जनतावीच प्रत्यक्ष सम्पर्क नहुनु ः
जनताहरुआफ्नो असन्तुष्टि र दु ःख आफू नजिकका वा पहँुचका नेता–कार्यकर्ता मार्फत मूख्य नेता सम्म पूर्याउन चाहन्छन् । तर मूख्य नेता साहयक नेताहरुको घेराबन्दीमा परेका हुन्छन् । नेताका नजिक बस्ने सल्लाकार वा साहयक नेताहरुले जनताको विचार, भावना र चाहना नेताको कान सम्म नपुर्याई गलत रिर्पोटिङ्ख गरेको हुन्छ । तव नेताहरुप्रति जनताको मनो विज्ञान भत्किन्छ र अन्तत्वगत्वा पार्टी परिवर्तनको निर्णयमा पुग्दछन् ।
४. जनताको चेतनास्तरमा वृद्धि ः
जनताको आँखा दुरविन जस्तो हुन्छन् । नेता र कार्यकर्ताहरुको सबै गतिविधिहरु, पार्टीका नीति तथा कार्यक्रमहरु नियालीरहेका हुन्छन् । सचेत जनता सधंै देश, जनता र राज्यको पक्षमा हुन्छन् । तर, नेताहरुले रणनीति र कार्यनीतिका नाममा कहिले काही स्वार्थद्धारा पे्ररित भई देशघाती निर्णय, सम्झौता गर्दछन् । तर, जनताले नेताको साथ छोड्छन् र पार्टी परिवर्तन गर्दछन् ।
५. लोभर लाभको राजनीति ः
समाजमा लोभी पापीहरु पनि हुन्छन् । मानिसहरु अवसरको खोजीमा हुन्छन् । लोभ, लाभ र अवसर पाउने वितिकै पार्टी परिवर्तन गर्नेमानिसहरु हुन्छन् । यसमा नेता र कार्यकर्ताहरु पनि पर्छन् । यो अवसरवादी प्रवृति हो ।
६.सैद्धान्तिक र साँस्कृतिक विचलन ः
लामो राजनीतिक यात्रामा नेता कार्यकर्तामा आफूले बोकेको सिद्धान्त, वीचार र आस्थामा विश्वास र धैर्यता गुमाउँछन् । घर, परिवार र अन्यको दवावका कारण, आन्तरिक र वाध्य वातावरणका कारण सिद्धान्तप्रति विश्वास कमजोर हुन्छ । वाध्यता र आवश्यकतामा परेर मानिसले गलत पाईला र निर्णय गर्न पुग्दछन् । तव, पार्टी र जनताको विश्वास गुमाउन पुग्दछन् । तव आफ्नो वचाउका लागि वैकल्पिक शक्तिको खोजीमा लागीपर्छ र पार्टी परिवर्तन गर्छन् ।
७. वैचारिक द्वन्द ः
द्वन्द स्वाभाविक प्रकृया हो । विभिन्न विचार र प्रवृतिवीच निरन्तर संघर्ष हुन्छन् । कहिलेकाँही यस्ता संघर्ष निर्मम पनि हुन्छन् । आलोचना र आत्मआलोचना मार्फत सुधार गर्ने र गल्ति सच्याउने प्रयत्न असफल भएपछि नेताहरुले आफनो वीचार स्थापित गर्न पनि आप्mनै नेतत्वमा नयाँ पार्टी स्थापना गर्छन पनि ।
८.प्रचारमा आउन चाहने प्रवृति ः
कोही मानिसहरु र नेताहरु आफू प्रचारमा आउन चाहने र जनताहरु वचि हिरो बन्न चाहने प्रवृतिका हुन्छन् । तर पार्टीले यस्तो मौका दिईरहेको हुँदैन । छिटो पार्टीको ठूलो पद धारण गर्न चाहने हुन्छन् । तर, आफू भन्दा वरिष्ठ र पूराना नेताहरु धेरै रहँदा छिटो मौका पाउने अवस्था रहदैन । स्थापित नेताहरुले प्राप्त गर्ने शान, मान र आदरका कारण आफूलाई पनि त्यो ठाउँमा पू¥याउने हुन्छ । त्यसैले यसै अवसरको खोजीमा यता –उता भौतारिँदा जहाँ सम्भव हुन्छ, त्यतैकुड्ने प्रवृतिका मानिसहरुपार्टी परिवर्तन गर्छन् ।
९. नेता कार्यकर्ता वीच वैयक्तिक मतभिन्नता र व्यक्तित्व तकराव ः
एउटै पार्टीमा लागेका कार्यकर्ता र नेताहरु वीच पनि विभिन्न व्यक्तिगत तथा सामाजिक, सांस्कृतिक विकासमा मनोमालिन्य र मत भिन्नता पैदा हुन्छन् । एउटै परिवार समुदाय र समाजमा बस्ने हुँदा घरायसी र व्यक्तिगत तकरावहरु मनमूतवहरु सिर्जना हुन्छन् । यसले पार्टी संगठनमा समेत प्रभाव पर्ने गर्दछन् । विस्तारै यसले द्वन्द र तकरावको अवस्थामा पुग्दछन् । को अगाडि बढ्ने, कले कसलाई कसरी बदला लिने, पछार्ने भने तहका सोचले राजनीति प्रभावित बन्ने पुग्छ । यसले गर्दा सैद्धान्तिक मतभेदन नभए पनि व्यावहारिक असहजताका कारण पार्टीवाट एक पक्ष अल्लगिने गरेका छन् ।
१०.इख, इश्र्या र रहर ः
ऋाफ्नै छिमेकी, प्रतिद्वन्दी, समकक्षी, प्रतिस्पर्थी कुनैपार्टीमा लागेर शान, मान, हैसियत कमाएको देखेर मान्छेहरुलाई इख, इश्र्या ,रहर पैदा हुन थाल्छ । तव मानिसहरुले एखले वा इश्र्या भए पनि, देखाउनको लागि भए पनि पार्टी प्रवेश गर्ने र परिवर्तन गरेका छन् । अर्को कारण भनेको आफ्ना शत्रुलाई बदला लिन शक्ति, सत्ता रसंगठनको आवश्यकता पर्दछ । यसका लागि पनि पार्टी राजनीतिमा प्रवेश गरेको उदाहरण छन् ।
११.अयोजक योग्यता प्राप्त मानिस भन्दा समाजमा राजनीति माफर्त बढेको देखेर योग्यहरु व योग्यता प्र ाप्ता मानिसहरु राजनीतिमा लाग्ने जरुरी महशुस गरेर पार्टी राजनीतिमा प्रवेश गर्दन् । समाजमा पढे लेखेका र शिक्षित मान्छे भन्दा योग्यता नभउका मानिसहरु शक्ति र सत्ताको दुरप्रयोग गरी हाँक ढाँकको भरमा पैसाले पेलेर फाइदा, लुट्ने, राजनीतिमा हावी हुने प्रवृति बढेको छ । तपरतुइयाँहरुलाइ काँधमा वोकेर राजनीतिगर्ने नेताहरुका कारण सचेत,पढेलेखेका वुद्धिजिनीहरु राजनीतिमा हार्ने, सत्य कुरा र असल कुरा नविक्ने अवस्था सिर्जना भएको छ । यसले गर्दा बुझने, सचेत, शिक्षित र वुद्धिजिनी विसतारै वैमव्पिक राजनीतिमा प्रवेश गरेका छन् ।
संविधानसभाद्धारा बनेको संविधान भएका कारण यसमा थुप्रै गुणहरु र असल आयामहरु छन् । यो समानूपातिक सहभागितामूलक निर्वाचित प्रणाली सहितको, वर्ण र लिङ्गको राज्यमा सहभागिता सुनिश्चित गरिएको छ । यसले प्रत्यक्ष र समानुपातिक निर्वाचत प्रणालीको मिश्रित निर्वाचनको व्यवस्था गरिएको छ । जसले गर्दा सविधानको मुल मर्म सहभागिता मूलक र समावेशी चरित्रलाई निश्चित गरिएको छ । यसले गर्दा आवश्यकता, औचित्य र महत्वको आधारमा पार्टीले नगईनहुने, प्रतिनिधित्व नगरी नहुने, नेता र प्रतिनिधिलाई छनौट गर्ने अवस्था रहन्छ । तर, यसै व्यवस्था भित्र पनि थुप्रै समस्या, सन्देह र सन्दर्भ वाँकी रहेको छ । गणतान्त्रिक व्यवस्था स्थापना पछि सिँहदरवारको अधिकार गाउँ गाउँमा भन्दै एउटा उत्साह उमंग र हौसलाकासाथ सुखी नेपाली, समृद्ध नेपालका निर्माणका लागि सच्चा जनप्रतिनिधि छनौट गर्ने निर्वाचन प्रणाली महंगो भएको र जनता र नेताको राजनीतिक आस्थामा बिचलन तिव्र गतिमा हुने गरेको तथ्यमाथि व्यापक विमर्श भईरहेकोछ । हिजो आज वेला वेला विभिन्न जिल्ला गाउँ र पालिकामा पार्टी प्रवेश गर्ने लर्को लागेको देख्छौं । विभिन्न समाचार माध्यममा हामी पढ्ने गछौ कि कोही पार्टी परिर्वतन गर्छन् र कोही पार्टी प्रवेश गर्छन् र यो संख्या ठूलो छ । यसको धेरै प्रचार गर्छ र महत्तवका साथ हेरिन्छ ।यस्तो किन हुन्छ, किन पार्टी परिवर्तन गर्छन् । यो विचलन हो कि संगठन हो । विचारर्णाय विषय बनेको छ । यस लेख मार्फत यसै प्रसङ्ख माथि विमर्श गर्ने विषय उत्ठान गर्न खोजिएको हो । ।
संविधानसभाद्धारा बनेको संविधान भएका कारण यसमा थुप्रै गुणहरु र असल आयामहरु छन् । यो सामानुपातिक सहभागितामूलक निर्वाचित प्रणाली सहितको व्यवस्थाका कारण सबै जात, भाष, धर्म, संस्कृति, वर्ण र लिङ्खका राज्यमा सहभागिता सुनिश्चित गरिएको छ । यसले प्रत्यक्ष समानुपातिक निर्वाचन प्रणालीको मिक्षित निर्वाचनको व्यवस्था गरिएको छ ।