इन्द्रावती झोलुङ्गे पुल ६ करोडमा निर्माण हुने
चैत १९, २०७८, शनिबार | विहान ११:२४ बजे | 40
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका र काभ्रेको मण्डनदेउपुर नगरपालिका जाड्ने इन्द्रावती झोलुङ्गे पुल करिब ६ करोडमा निर्माण हुने भएको छ । सो पुलको पुर्वमन्त्री एंव संंघीय सांसद शेर बहादुर तामाङले एक कार्यक्रमका बिच शुक्रबार शिलान्यास गर्नुभएको हो ।
पुल स्थानीय पुर्वाधार विकास सस्पेन्सन वृज डिभिजन कार्यालय पुलचोक ललिपुरको पाँच करोड ८७ लाख आर्थिक सहयोगमा निर्माण हुन लागेको हो । चार सय ४२ दशमलव ८५ मिटर लम्बाई र चौडाई एक दशमलब ५ मिटर हुने पुल कान्छाराम आई।डी। स्वणर्िम जे।भी। कन्ट्रकसन द्धारा निमाणर् गरिने इन्द्रावती गाउँपालिका वडा नं। ११ का वडाअध्यक्ष्य मने माझिले बताउनुभयो । सो पुलको निर्माण पश्चात इन्द्रावती गाउँपालिका वडा नं। ११ र मण्डनदेउपुर नगरपालिका वडा नं। ९ का स्थानीय बासीलाई आवत जावतमा सहज हुने पुर्वमन्त्री एंव संंघीय सांसद तामाङले बताउनु भयो ।
शिलान्यास कार्यक्रममा पुर्वमन्त्री एंव संंघीय सांसद तामाङले आफु संघीय सांसद भएकोले आफ्नो निर्वाचन क्षेत्रमा विकास गर्नु आफ्नो कर्तव्य समेत भएकोले आफ्नो पहलमा धेरै विकास निर्माणका कार्यहरु अगाडि बढाईएको दाबि समेत गर्नुभयो । जिरो किलो मेलम्ची सडक कालोपत्रे, सांखु फट्केश्वर सडक कालोपत्रे हुंदै गरेको, भदौरे धुसेनि मेलम्चि नवलपुर चौतारा नौबिसे सडक आफुले रणनीतिक सडकको रुपमा प्रस्ताव गरि करिब ४० करोडको टेन्डर आवह्वान भैसकेको समेत उल्लेख गर्नु भयो ।
यसैबिच, सोहि कार्यक्रममा पुर्वमन्त्री एंव संंघीय सांसद तामाङले स्वास्थ्य सेवा केन्द्रको उद्धघाटन र जग्गा दान गर्ने उद्धव प्रसाद भट्राईलाई सम्मान गर्नुभएको छ । भट्राईले इन्द्रावती गाउँपालिका वडा नं। ११, न्यौपानेटारमा रहेको बोडगाउँ आधारभुत स्वास्थ्य सेवा केन्द्रको ३ कोठे स्वाथ्य भवन निर्माणका लागि जग्गा दान गर्नुभएको हो । कार्यक्रममा इन्द्रावती गाउँपालिका वडा नं। ११ का अध्यक्ष्य मने माझि, मण्डनदेउपुर नगरपालिका वडा नं। ९ का वडाअध्यक्ष्य जीतबहादुर तामाङ लगायत जनप्रतिनिधिको उपस्थिति रहेको थियो । कार्यक्रममा उहाँहरुले झोलुङ्गे पुल र स्वास्थ्य केन्द्रले दुई फरक जिल्लाका दुई वडालाई जाड्ने विश्वास व्यक्त गर्नुभयो ।