दमौलीमा राप्रपाको चुनाव केन्द्रीत सभा


चैत १७, २०७८, बिहीबार | दिउँसो ०२:३८ बजे | 30


दमौलीमा राप्रपाको चुनाव केन्द्रीत सभा

बिराज अधिकारी
तनहुँ दमौली  
राष्ट्रिय प्रजातन्त्र पार्टीले दमौली अनशन चौतारीमा बिहीबार आमसभा गरेको छ । स्थानीय चुनावको नजिक पार्टीले नयाँ नेतृत्वलाई दमौलीमा प्रस्तुत गर्न लागेको हो ।
अनशन चौतारीको दमौली सेन्ट्रल पार्कमा दिउँसो भएको सभामा पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेन र प्रवक्ता एवं युवा नेता ज्ञानेन्द्र शाहीले सम्बोधन गरेका थिए । नयाँ नेतृत्वप्रतिको जनलहर र नयाँ परिवेशमा पार्टीको नीतिलाई नागरिकमाझ फैलाउन कार्यक्रम गरिएको पार्टीका केन्द्रीय सदस्य राजेन्द्र अधिकारीले बताए ।

Comments