निर्वाचनमा नेकपा एसले एक सिट मात्रै जिते सवै सम्पति अरुलाई दिएर सन्यास लिन्छु ः दुर्गा प्रसाई
चैत १६, २०७८, बुधबार | दिउँसो ०१:४२ बजे | 135
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगो एमाले आफै एक क्विटल भएको र सरकारमा रहेका राजनीतिक दलहरुको गठनबन्धन एकएक किलोग्रामको ढक भएको बताएका छन् । एकएक किलोका तीन चार वटा ढकहरुले एक क्विटल बराबर नहुने उनको भनाई थियो ।
भक्तपुरको आदर्शस्थित सूर्यविनायक कृषि तथा थोक बजार प्रालि सूर्यविनायक भक्तपुरको बुधबार उदघाटन गर्दै उनले गठनबन्धन दलहरु सवै मिल्दा पनि एमाले एक्लै भारी भएको बताए । एमालेसँंग एक्लै चुनाव चुनाव लडने हिम्मत कुनै राजनीतिक दलले गर्न नसक्ने भन्दै उनले सवैलाई मिलेर आउन सुझाब दिए ।
ससाना बच्चाहरुसँंग जसरी ठूलो मान्छेलाई लड्ना मज्जा आउँंदैन ठिक त्यसरी नै यी गठबन्धनका दलहरुसँंग चुनाव एक्लाएक्लै लडन हामीलाई मज्जा आउँंदैन, सता गठनबन्धनमा रहेका दलहरुलाई बच्चाको संज्ञा दिंदै उनले थपे, तिनीहरु सवै एक भए पो बलवान हुन्छन र बराबरी ताकट भएर मज्जा आउँंछ ।
एकजना बलवान मानिसलाई जसरी ससाना तीनचार जना बच्चाहरुसँंग लड्दा मज्जा लाग्दैन, सवै मिलेर सिंगो बलवान मानिस भएर लडदा जसरी मज्जा आउँंछ, त्यसरी नै सवै सतागठनबन्धन मिलेर चुनाव लडन आउँंदा एमालेलाई मज्जा लाग्ने उनले बताए । ठूलो मान्छे बचाहरुसँंग लडदा जसरी झुकेर लडनुपर्ने हुन्छ र नमज्जा लाग्छ त्यसरी नै तीन दलहरुसँंग लड्दा एमालेलाई नरमाइलो लाग्छ, उनको भनाई थियो ।
कार्यक्रममा तरकारी बजारका अध्यक्ष एवं चर्चित मेडिकल व्यवसायी दुर्गा प्रसाईले वैशाख ३० गतेको स्थानीय निकायको निर्वाचनको परिणामपछि यी दलहरु केपी ओलीले काठमाडौंमा बनाएको धरहराको टुप्पोमा पुगेर दुरविनले हेर्दा पनि नदेखिने हुने दावी गरे । उनले एमालेबाट फुटेर गएको नेकपा एसले चुनावमा एक सिट मात्रै जितेर आए आफनो भएभरको सम्पति नेकपा एसले चाहेकोलाई पास गरिदिएर आफूले सन्यास जीवन विताउने घोषणा गरे ।
कार्यक्रममा पार्टी नेताहरु सुवास नेम्वाग, महेश वस्नेत, एमाले भक्तपुरका अध्यक्ष वचन देउजालगायले आगामी निर्वाचनमा एमाल बलियो पार्टी भएर आउने दावी गरे ।
तरकारी बजार दुई अर्व लगानीमा सञ्चालनमा ल्याएको बताइयो । बजारमा दुई हजार दुई सय स्टल रहेको जनाइयो । बजारबाट चार हजार चार सयले रोजगारी पाउने पनि कार्यक्रममा बताइयो । बजार अहिलेसम्मकै नेपालकै सवैभन्दा ठूलो तरकारी बजार भएको दावी पनि कार्यक्रममा गरियो ।
बजार जिल्लाको सूर्यविनायक नगरपािलका वडा नं ८ आदर्श सिपाडोल क्षेत्रमा रहेको छ । भक्तपुरकै मुख्य सूर्यविनायक चोक नजिकै दक्षिण पूर्वमा यो बजार रहेको छ । बजारले भक्तपुरको विकासमा सहयोग पुग्ने विश्वास गरिएको छ ।
बजारमा दुई वटा द्धारहरु रहेका छन् । एउटा अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायकबाट करिव दुईतीन सय मिटर पूर्व अरनिको राजमार्गबाटै र अर्काे अरनिको राजमार्ग अन्तर्गत आदर्श वस स्टपबाट माथि सिपाडोल जाने मुख्य बाटोमै रहेका छन् । आधुनिक रुपमा सञ्चालन गरिएको बजारमा सवारीसाधन पनि एकतर्फी रुपमा सञ्चालन गर्ने व्यवस्थान गर्न दुई वटा द्धार राखिएको जनाइएको छ । कृषि बजारमा तरकारी राख्न ल्याउने गाडीहरुको जाम नहोस् भनेर एकतर्फी बाटो कायम गरिएको जनाएको छ । कृषि बजारभित्रसम्म तरकारी पुयाउन मोटर पुग्ने गरी व्यवस्था मिलाइएको छ ।
बजारको मुख्य उद्देश्य होलसेलको रुपमा स्थापना गर्ने भएता पनि स्थानीयको लागि खुद्रा विक्री पनि गर्ने जनाइएको छ ।
तरकारी बजारको निर्माण कार्य २०७५ सालको फागुनदेखि सुरु गरिएको थियो । बजार अरनिको राजमार्ग अन्र्तगत आदर्श वस विसौनीबाट दक्षिणको ३५ रोपनीको क्षेत्रको जग्गामा रहेको छ । बजार प्रत्येक दिन विहान दुई बजेदेखि बेलुकी आठ बजेमा खुल्ला रहने जनाइएको छ ।
काठमाडौंको कालीमाटी बजार बस्तीभित्र भएको कारण त्यहाँ गाडी भित्र लान बेलुकीसम्म कुर्नुपर्ने भएकोले तरकारी कुहिने सम्भावना धेरै भएको तर यहाँं त्यस्तो समस्या नआउने बताइएको छ । पूर्वी नाकाबाट आउने सवै तरकारीहरु पु¥याएर यहीबाट काठमाडौंलगायतका ठाउँंहरुमा पु¥याउन सकिने जनाइएको छ । जग्गा १५ वर्षका लागि लिजमा लिइएको जनाइएको छ । कृषकहरुको बाहुल्यता रहेको जिल्लामा अहिलेसम्म व्यवस्थित कृषि बजार वन्न सकेको थिएन ।