एमसिसी देशघाती होइन, नेपाली जनताको लागि हो ः चौधरी


चैत १६, २०७८, बुधबार | विहान ११:११ बजे | 65


एमसिसी देशघाती होइन, नेपाली जनताको लागि हो ः चौधरी

महेश सिंह
सिरहा लहान चैत– लहानस्थित जेएस मुरारका बहुमुखी क्याम्पसका हजारौं विद्यार्थीहरुलाई कांग्रेस नेता एवं समाजसेवी महेश चौधरीले हाम्रो देशमा केहि हप्ता लागु भएको एमसिसी विषयमा विद्यार्थीसंग छलफल तथा प्रशिक्षण दिएका हुन्।
एमसिसी नेपालको लागी घातक हो की राष्ट्रियको हितकारी हो भने विषय क्याम्पसका हजारौं विद्यार्थीहरुलाई प्रशिक्षण दिएको छ।
नेपाली काङ्ग्रेसको सरकारले नेपालमा एमसिसी लागुको प्रस्थाव राखिदा कम्युनिस्ट राजनीतिदलहरुले बिरोध गरेका थिए।उक्त विषय लाई लिएर नेपाल करिब एक महिना बिटनडा मचाएको थियो।
समाजसेवी चौधरीले सोही विषयलाई लिएर कलेजका हजारौं  विद्यार्थीहरुलाई प्रशिक्षण दिदै एमसिसी देश घाती होईन। नेपाली जनताको लागी हितकारी हो समाजसेवी चौधरीले प्रष्ट गरेका थिए।

Comments