लायन्स क्लवद्वारा सिन्धुपाल्चोकका विद्यालयलाई शैक्षिक सामग्री


चैत १५, २०७८, मङ्गलबार | दिउँसो ०२:५० बजे | 25


लायन्स क्लवद्वारा सिन्धुपाल्चोकका विद्यालयलाई शैक्षिक सामग्री

सिन्धुपाल्चोक ः विभिन्न लायन्स क्लवले सिन्धुपाल्चोकका एक विद्यालयलाई शैक्षिक सामग्री प्रदान गरेका छन् ।
लायन्स क्लव अफ काठमाडौं फेलोसिप र लायन्स क्लव अफ भक्तपुर दरवारस्क्वायर को सहयोगमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नं १ मा रहेको नवकन्या वेसिक स्कुललाई शैक्षिक सामग्री तथा स्कुल ब्याग बितरण गरेका छन् ।
लायन्स क्लव अफ काठमाडौं फेलोसिपका प्रोगाम डाइरेक्टर राजेश हिमालय, युवराज गिरी, गणेशबहादुर राणा, हरिगोपाल कक्षपतीलगाएतले उक्त सामग्री विद्यालय र विद्यार्थीलाई हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा समाजसेवी तथा इन्द्रावती गाउँपालिका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष विजेश हिमालय, मेनुका कटुवाल, मोनिका कायष्ठलगाएतका उपस्थित रहेका थिए ।

Comments