दुर्गा प्रसाईले भने भोलि भक्तपुरमा २२ हजार मानिस एमाले प्रवेश गर्दैछन्
चैत १५, २०७८, मङ्गलबार | दिउँसो ०२:१२ बजे | 45
भक्तपुर । चर्चित मेडिकल व्यवसायी दुर्गा प्रसाईले भोलि बुधबार भक्तपुरमा २२ हजार मानिस विभिन्न पार्टी छाडेर नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रवेश गर्ने बताएका छन् । मंगलबार भक्तपुरमा आयोजित पत्रकार सम्मेलन उनले भने, नेपाली कांग्रेस, राप्रपालगायतका विभिन्न पार्टी परित्याग गरी २२ हजार जना एमालेमा प्रवेश गर्दैछन् ।
उनले पूर्वका विभिन्न जिल्लाका जनता पार्टी प्रवेश गर्न लागेको जनाए । उनीहरुलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले भोलि भक्तपुरमा टिका लगाइदिएर पार्टी प्रवेश गराउने उनले जनाए ।
पार्टी प्रवेश गर्नेहरु पूर्वबाट हिजोअस्तिबाट नै हिड्न सुरु गरिसकेका छन्, उनले भने, उनीहरु एक सय ५० वटा गाडीमा हिडिसकेका छन् । पार्टी प्रवेश गर्न चाहने सवैलाई आफूले व्यक्तिगत खर्चमा भक्तपुर ल्याइरहेको उनले बताए । उनका अनुसार गाडी भाडा, खान, वस्न सवै खर्च आफैंले व्यहोरिदिएका हुन् ।
प्रसाईले भक्तपुरको आदर्शमा सञ्चालनमा ल्याएको तरकारी बजार उदघाटन कार्यक्रममा उनीहरुलाई पार्टी प्रवेश गराइने भएको हो । तरकारी बजारको भोलि ओलीबाट उदघाटन हुँंदैछ ।
तरकारी उदघाटनकोबारेमा आयोजित पत्रकार सम्मेलनमा उनले यी सवै कुरा बताएका हुन् । २२ हजार पार्टी प्रवेश गर्न एक सय ५० वटा गाडीमा आइरहेको बताइरहँंदा संख्या भने अपुग भएको छ । एउटा गाडीमा ३५ जनाको सिटको हिसावले एक सय ५० वटा गाडीमा करिव पाँंच हजार मात्रै सिट क्षमताको हुन्छ । यस हिसावले २२ हजार नपुग भएको हो ।
यत्रो मानिस काठमाडौंमा ल्याएर किन पार्टी भक्तपुर ल्याएर पार्टी प्रवेश गराउन खोजको हो ? बरु पूर्वमै कार्यक्रम गरी पार्टी प्रवेश गराएको भए हुन्थयो नि भन्ने पत्रकारको जिज्ञासामा उनको उतर थियो, पूर्वका गाउँंगाउँंका जनताले काठमाडौं देखेका छैनन्, उनीहरुलाई काठमाडौं घुमाउन पनि कार्यक्रम यहाँं गरेका हौं ।