भक्तपुरका कुन नगरपालिकामा कति मतदाता ?
चैत १५, २०७८, मङ्गलबार | विहान १०:५२ बजे | 90
भक्तपुर । भक्तपुरमा सवैभन्दा वढी मतदाता भक्तपुर नगरपालिका क्षेत्रमा रहेका छन् । भक्तपुर नगरपालिकामा क्षेत्रमा २९ हजार ६ सय १४ जना मतदाता रहेका छन् ।
जिल्ला निर्वाचन कार्यालय भक्तपुरले मंगलबार सार्वजनिक गरे अनुसार जिल्लाको कुल मतदाता संख्या भने ९७ हजार तीन सय १४ सय रहेका छन् । जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रवक्ता भीमबहादुर जिसीका अनुसार सवैभन्दा कम मतदाता भने मध्यपुर थिमि नगरपालिकामा रहेका छन् । यहाँं २१ हजार तीन सय आठ सय मतदाता रहेका छन् । सूर्यविनायक नगरपालिकामा २४ हजार तीन सय ८५ मतदाता रहेका छन् । चाँंगुनारायण नगरपालिकामा भने २२ हजार सात जना मतदाता रहेका छन् । जिल्लामा चार वटा नगरपालिका रहेका छन् ।