बिकास र समृद्धिको लागि काङ्ग्रेस नेता यादवले गरे उमेदवारी दिने निर्णय


चैत १५, २०७८, मङ्गलबार | विहान ०९:३७ बजे | 45


बिकास र समृद्धिको लागि काङ्ग्रेस नेता यादवले गरे उमेदवारी दिने निर्णय

महेश सिंह
सिरहा लहान १५ चैत – बाल्यकाल देखी नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघबाट सकृय राजनीति यात्रा सुरु गरेका नेता राज कुमार यादवले आउने स्थानीय निर्वाचनमा परियारपटी गाउँपालिकाको लागी नेपाली  काङ्ग्रेसबाट पालिका अध्यक्षको लागी आफुले उमेदवारी दिने  इच्छा जाहेर गरेका छन्।
सिरहाको बरियारपटी गाउँपालिका ५ हरिपुरमा जन्मिनु भएका नेता यादव २०६० साल देखि सिरहा क्याम्पसबाट  नेपाल विद्यार्थी संघबाट उनी राजनीति यात्रा सुरु गरेका थिए।
२०६२÷२०६३  सालको १९ दिने जनआन्दोलनमा काठमाडौंबाट पक्राउ परी थुनामा समेत परेका उनी नेपाली काङ्ग्रेसको मुल पार्टीको बिगतको बर्षमा क्षेत्र नम्बर २ को क्षेत्रीय सदस्यको जिम्मेवारी समेत समहाल्दै छन्।
पालिकामा भएको बिकृती बिसंगती लाई प्रास्त गर्न र निमुखा जनताको भावना अनुरुप काम गर्न आफुले उमेदवारी दिने इच्छा जाहेर गरेका हुन्। आफुले बैधिक राजनीतिको सार्थि रहेको उनले पत्रकार संग इच्छा प्रकट गरेका हुन्।

Comments