जनतामा कुन मुख लिएर चुनावमा भोट माग्न आउदैछौ नेताज्यूहरु ?
चैत १५, २०७८, मङ्गलबार | विहान ०६:१७ बजे | 20
तुल्सीनारायण लाखेमरु
शासक वर्गको अकर्मन्यताले राजनिति भद«गोल अवस्थामा छ । राजनीतिमा नीति हुन पर्ने तर नीति नै भएन र नीति नभएपछि गति नै छैन ।
वंश भनेको नेपाल हो, अंश भनेको नेपालको सम्पति होे, हंश भनेको नेपालको श्वास प्रश्वास हो, कंश भनेको कृष्णलाई मार्न खोज्ने राक्षस हो जस्तै भारत र अमेरिका हो । शुरुदेखि नै गण्डक गयो, कोशी गयो, कर्णाली गयो, अपर गयो, टनकपुर गयो, महाकाली गयो, नाकै गयो, इज्जतै गयो । अझै त्यसमाथि एमसिसि संसदबाट नै बाध्यात्मक भनी पास ग¥यो ।
राम्रोलाई राम्रो भन्न नसक्ने, नराम्रोलाई नराम्रो भन्न नसक्ने र सचेत जनताहरुले खबरदारी गरेपनि बाध्यात्मक भन्ने बहाना गराएर बहुमूल्य अस्तित्व गुमाए । हेरहेर राजनैतिक विद्वान शासक वर्गहरु दिन हो कि रात हो भन्न पनि नसक्ने । ५५ अर्बको एमसिसि लगानी बोडलाई लगानी कित्तान साथ लेख्दा लेख्दै पनि अनुदान भन्न सक्ने दिनमा आँखा नदेख्ने शासक वर्गहरु अहिले सबैको घरका साना नानीहरुले पनि एमसिसिको ईसराले काफी गन्ध भनी थाहा पायो । नानीदेखि लागेको बानी र सचेत सारा ठाँउको जनताहरुले दलालका दलाल भनेको र अभागीनीको भूतै कमारा जनताहरुले पटकपटक खबरदारी गरेको हो । पहिलेदेखि नै भन्ने गर्थे “दशै आयो खाउला पिउँला कहाँ पाउला चोरि ल्याउँला भन्ने गर्थे धत पापी म छुट्टै बसौला भन्थ्ये सचेत जनताको मूख्य दुश्मन कांग्रेस शेरबहादुर देउवासमेत माओवादीका प्रचण्डसमेत आ–आफ्नो घरमा आगो लगाएर माधव नेपाल खै कपाल, बाबुराम भट्टराई जन्म जन्मौ आलु खाई । ३ करोड जनतालाई आछुआछु पार्ने बाब्ुराम महात्मा गान्धी मार्ने भन्ने गर्थे नाथुराम ।
हाम्रो नेपालमा पूर्वेयी सभ्यतालाई मनन् गर्दाखेरी बाहुनहरुलाई प्ुज्य मानिन्छ । वहाँहरुले देश ठुलो ठुलो मन्दिरमा पुजा आजा गर्नुहुन्थ्यो । देशमा सुन्दर र शान्त हुन्थ्यो । यो सभ्यताको चिन्ह पनि हो । बाहुनले ब्रम्ह्रचर्य गर्नुपर्ने तर गरेन । २००७ साल देखि २०७८ साल सम्म आउँदा बाहुनहरुले आर्थिकमा होस्, न्यायिक क्षेत्रमा होस्, राजनैतिक क्षेत्रमा होस्, राज पात र राजपरिवार समते उथलपुथल र कर्म काण्ड समेत सौभाग्य कता कता दुर्भाग्य निम्त्यायो । पुजापाठमा समर्पित हुन पर्ने व्यक्तिवादीमा समर्पित भए । कांग्रेसमा शेरबहादुर देउवा बाहुन, एमालेमा के.पी.ओली बाहुन, माओवादीमा प्रचण्ड पनि बाहुन, एकिर्कत समाजको पार्टीमा माधवकुमार नेपाल बाहुन सबै राष्ट्रवादी भन्दा व्यक्तिबादी बाहुन हुन् । सबै मिली देशघाटी सम्झौता गरेका हुन् । दि«द निष्टताले देश बन्छ , राम्रो मौसमले बाली फल्छ ।
अब शासक वर्गलाई ३ वटा प्रश्न सोध्छु ।
१. जनताको लागि हिजो के गर्नुभयो ?
२. आज के गर्दै हुनुहुन्छ ?
३. भोलि के गर्ने भनेर जादै हुनुहुन्छ ?