भक्तपुरव्यापी लोकनृत्यमा इडेन गार्डेन प्रथम
चैत १४, २०७८, सोमबार | दिउँसो ०२:४७ बजे | 30
भक्तपुर । भक्तपुरमा भएको लोक नृत्य प्रतियोगिता २०७८मा इडेन गार्डेन स्कूल प्रथम भएको छ । प्रतियोगितामा द्धितीय र तृतीय क्रमशः सेन्ट जोन स्कुल र क्वालिटी सेकेण्डरी स्कूल भएका थिए ।
संगठनको सदस्य विद्यालय थिमिस्थित ईडेन गार्डेन ई स्कुलले आयोजना गरेको सो प्रतियोगितामा सुडालको पारिजात विद्याकुञ्जले सान्त्वना स्थान हासिल गरेको थियो ।
लोक नृत्य सम्बर्द्धन र प्रबर्द्धनका लागि गरिएको सो स्पर्धामा ९ वटा विद्यालयले सहभागिता जनाएको विद्यालयले जनाएको छ । विद्यार्थीहरुमा रहेको प्रतिभा प्रस्फुटमा सहयोग गर्नका लागि सो संगठनले स्कुलव्यापी विभिन्न अतिरिक्त क्रियाकलाप गर्दै आइरहेको छ ।