सामुदायिक वनको अध्यक्षमा महतो चयन


चैत १४, २०७८, सोमबार | दिउँसो ०१:४२ बजे | 75


सामुदायिक वनको अध्यक्षमा महतो चयन

महेश सिंह
सिरहा लहान १४ चैत –सिरहाको लहान नगरपालिका ३ स्थित अबस्थित रहेको सामुदायिक वनको १४ औं साधारण सभाको सम्पन्न भएको छ। उक्त वनबाट लहान ३ का सम्पुर्ण बासीहरु लभाम्बित हुने गरेका छन्।
लहान ३ का बासीहरुले सामुदायिक वन लाई संरक्षण सम्बद्धन गर्दै आएका छन्।वन जङ्गल लाई संरक्षण सम्बर्द्धन गर्ने नेपाली नागरिकको दायित्व रहेको छ। बिगत १४ बर्षको देखि वनलाई संरक्षण समिति गठन गरी चलाउदै आएका वन समितिका सदस्य कपिल देब कुशवाहाले जानकारी दिनु भयो।
१४ औं साधारणसभा बाट वन समितिको अध्यक्ष महेश कुमार महतो,उपाध्यक्षमा प्रमोद कुमार महतो,सचिबमा ईन्द्रकला देबि महतो, कोषाअध्यक्ष मो. सलाम अन्सारी सदस्यमा कपिल देब कुशवाहा लगायत सदस्य नयाँ कार्य समिति चयन गरेका छन्।

Comments