चितवनको हकमा कांग्रेसलाई फाइदा पुग्ने गरी गठबन्धन गर्नुपर्ने नेता अधिकारीको भनाइ


चैत १४, २०७८, सोमबार | विहान ०६:४५ बजे | 40


चितवनको हकमा कांग्रेसलाई फाइदा पुग्ने गरी गठबन्धन गर्नुपर्ने नेता अधिकारीको भनाइ

काठमाडौं । आसन्न स्थानीय निकायको निर्वाचनमा सत्तारुढ दलहरूबीच गठबन्धन हुने चर्चा चलिरहेको छ । गठबन्धनको विषयले चितवन जिल्लामा अझ बढी बहस बढाएको छ । यसै सिलसिलामा नेपाली कांग्रेसका युवा नेता रामप्रसाद अधिकारी गठबन्धन आवश्यक छ तर चितवनको हकमा कांग्रेस माथि भएर गठबन्धन गर्नु आवश्यक रहेको तर्क गर्छन् । नेविसंघका पूर्व उपाध्यक्ष रामप्रसाद अधिकारी अहिलेको परिस्थितिमा कांग्रेस कमजोर नभएपनि गठबन्धन आवश्यक रहेको बताउँछन् । चितवन स्थायी घर भएका अधिकारीले गठबन्धन नीतिगत रुपमा हुनुपर्ने भन्दै स्थानीय, प्रदेश र संघको एकैचोटी नीतिगत निर्णय गरेर जानुपर्ने बताए । ‘एमाले कमजोर छैन, हाम्रो लडाई एमालेसँग हो त्यसैले हामी सचेत भएर गठबन्धन गर्नुपर्छ’ अधिकारी बताउँछन् । चितवन जिल्लाको हकमा गत निर्वाचनमा कांग्रेसले माओवादीलाई सहयोग गरेकोमा यसपटक  कांग्रेसलाई एकीकृत माओवादीले सहयोग गर्ने गरी गठबन्धन हुनु आवश्यक रहेको उनको भनाइ छ । उत्तेजनामा आएर मिडियावाजीमा नजान  साथीहरुलाई बिनम्र अनुरोध गर्दै उनले पार्टी भित्रको विवाद पार्टी भित्रै छलफल गरी समाधान गर्नुपर्ने बताए

Comments